पोखरामा भव्यतापूर्वक मनाइयो तमु ल्होसार (तस्बिरहरु)

लेखनाथ ।
पुसे पन्ध्रम् गुरुङ समुदायको नयाँ वर्ष हो । यसै दिन यो समुदायले आफ्नो महान् पर्व ल्होसार मनाउँछ । एकताको सन्देश दिँदै आइतबार पोखरामा ल्होसार मनाइएको छ । तमु धिं नेपालको प्रांगणमा आयोजित समारोहबिच सामूहिक ल्होसार मनाइएको थियो । त्यसका अलावा गण्डकी प्रदेश र देशका विभिन्न ठाउँमा ल्होसार मनाइएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ को सक्नेरी बुद्ध आमा समूहले ल्होसार पर्व मनाएको छ । तमु समुदायको १२ वर्ग (ल्हो) अनुसार नयाँ वर्षको निर्धारण हुने गर्छ । बिरालो वर्गको बिदाई र गिद्ध वर्गको आगमनसँग तमु समुदायको नयाँ वर्षलाई स्वागत गरिएको छ ।

यसैक्रममा लेखनाथमा रहेको सक्नेरी बुद्ध आमा समुहले विविध कार्यक्रममा साथ तमुहरुको मुख्य पर्वका रुपमा रहेको ल्होसार पर्व मनाएका छन् । गुरुङ (तमु) समुदायले पुस १५ लाई एकताको सन्देश दिन तमु ल्होसार मनाएको वडा नम्बर २६ का कार्यवाहक अध्यक्ष तीर्थराज राजभाटले बताएका छन् ।
सक्नेरी बुद्ध आमा समुहकी अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार सुवेदार मेखबहादुर गुरुङ, पूर्व अध्यक्ष नरमाया गुरुङ, समाजका सचिव निमा गुरुङ र उपाध्यक्ष धनदेवी गुरुङ लगाउतले आ आफनो धारणा राखेका थिए । आइतबारदेखि बिरालो वर्गको विदाई भयो भने, गिद्ध वर्गको सुरुआत भएको छ । ल्होको अर्थ वर्ष र सारको अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो । तमु समुदायभित्रै कोहीले ल्होछार त कोहीले ल्होसार भन्ने चलन छ । यद्यपि संवैधानिक व्यवस्थामा ल्होसार उल्लेख गरिएको छ ।

तमु समुदायलाई एकाताको सूत्रमा बाँध्न ल्होसार मनाइएको तमु धि नेपालका अध्यक्ष होमबहादुर गुरुङको भनाइ छ । बिरालो वर्गको बिदाई र गिद्ध वर्गको आगमनसँगै तमु समुदायको क्यालेन्डरमा नयाँ वर्षको आगमन भएको छ । यो पर्व तमु समुदायको पर्व भएकाले यसको साँस्कृतिक महत्व छ । त्यसैले यस्ता खालका मौलिक पर्वको संरक्षण र सम्वद्र्धन गर्न सम्बन्धित निकायसँग सरकारी निकायको पनि पहल कदमी हुन जरुरी देखिन्छ ।









६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया