चन्द्रसूर्य टोलको अध्यक्षमा लालु

समाधान संवाददाता २०८० पुष १६ गते ८:४६

गण्डकी ।
पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित चन्द्रसूर्य टोल विकास संस्थाको चौथो साधारण सभा एवं तेस्रो अधिवेशनले लालुप्रसाद उपाध्याय (पौडेल) को अध्यक्षतामा ११ सदस्यी नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।


समितिको उपाध्यक्ष कमलप्रसाद आचार्य, सचिव प्रेम रेग्मी, कोषाध्यक्ष आशा भण्डारी, सह–कोषाध्यक्षमा कालिप्रसाद देवकोटा र सदस्यहरुमा गायत्री अर्याल, पार्वती ढुंगाना, बलराम सापकोटा,संगीता प्रधान र सरास्वती न्यौपाने चयन भएका हुन् ।


पोखरा महानगरपालिका वडा नम्बर १७ का वडासदस्य विक्रम गुरुङले अधिवेशनको उद्घाटन गर्दै वडाको दक्षिण मागमा रहेको यस वस्तिमा खानेपानी, सडक र ढल निकासलाई प्राथमिकता दिँदै आएको जानकारी दिए ।

Advertisement


स्थानीय बासिन्दाको सक्रियता सहभागितामा हुने विकास निर्माण तोकिएको समयमा सम्पन्न हुनुको साथै गुणस्तरीय हुने विश्वास व्यक्त गर्दै उनले वस्ति विकासको क्रममा रहेको वडामा ५६ वटा टोल विकास संस्था क्रियाशील रहेको बताए ।


सञ्चारकर्मी हरि बास्तोलाले पोखराको अधिकांश वडाको ढल निकासको रुपमा रहेको यस वडाको सरसफाई लगायत समग्र विकास निर्माणमा महानगको बिशेष ध्यान पुग्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा उक्त टोल विकास संस्थाका ज्येष्ठ नागरिक ९२ वर्षीया सुनकुमारी बोहोरालाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

Advertisement


संस्थाका अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा रामेश्वरमार्ग टोल सुधार समितिका अध्यक्ष लीलाप्रसाद पगेनी, सल्लाहकार ऋषिराम भण्डारी र धर्मराज पौडेल, बिरुवा टोलविकास संस्थाका अध्यक्ष शालिग्राम भण्डारी, प्रेमकुमार रेग्मी, विकासशील महिला समुहका शोभा ढुंगाना र कोषाध्यक्ष प्रेमकुमार रेग्मी लगायतले विकास निर्माणमा टोल विकास संस्थाले खेल्दै आएको भूमिकाबारे चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया