अन्तर क्लब भलिबल फाइनल आज

समाधान संवाददाता २०८० पुष १६ गते ११:१४

पोखरा ।
पोखरा महानगर भलिबल संघको आयोजनामा पुस १४ गतेदेखि जारी पोखरा कप अन्तरक्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल सोमबार हुने भएको छ । फाइनलमा पर्वत भलिबल क्लब र टफ गोर्खा टिम बीच प्रतिस्पर्धा हुने छ ।


आइतबार सम्पन्न क्वाटर सेमिफाइनल प्रतियोगितामा गलकोट नगरपालिकाले गुरुकुललाई २५–१९, २५–२२ र २५–१९ को सोझो सेटमा पराजित गरेको थियो । पहिलो सेमिफाइनल खेलमा पर्वत भलिबल क्लबले सिद्धार्थ लभडेललाई २५–१९, २५–२० र २५–२० ले जितेको थियो । दोस्रो सेमिफाइनल खेलमा तर्फ गोर्खाले गलकोट नगरपालिकालाई ११–२५, २५–२१, २५–२३, र २५–५ को अन्तरले पराजित गरेको थियो ।


प्रथमलाई १ लाख ११ हजार १ सय ११, दोस्रो हुनेलाई ७७ हजार ७ सय ७७, बेस्ट प्लेयरलाई १० हजार, बेस्ट सेटर ३ हजार, बेस्ट डिफेन्डरलाई ३ हजार, बेस्ट सर्भर ३ हजार र बेस्ट बल्करलाइ ३ हजार नगद, कप र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राम लामिछानेले बताए ।

Advertisement


प्रतियोगितामा गलकोट भलिबल क्लब, पोखरा महानगरपालिका नीलो, पोखरा महानगरपालिका रातो, पर्वत भलिबल क्लब, बसुन्धरा पार्क क्लब, गुरुकुल माबी, सिद्धार्थ लभडेल मावि, टफ गोर्खा सहभागी छन् ।


प्रतियोगिताको प्रायोजकमा पोखरा महानगरपालिका कार्यालय वडा नं ६ र कास्की पोखरा समाज जापान, सहप्रायोजकमा सुबिन गुरुङ र सन्दीप गुरुङ छन् । प्रवद्र्धकमा पोखरा महानगरपालिका कार्यालय, पोखरा महानगपालिका खेलकुद विकास समितिको समन्वय र रेबान पोखराको विशेष सहयोग छ ।

Advertisement

तपाईको प्रतिक्रिया