निबन्ध प्रतियोगितामा स्मृति प्रथम

समाधान संवाददाता २०८० पुष १६ गते १२:३८

पोखरा ।
नेपाली भाषा शिक्षक परिषद कास्कीले आयोजना गरेको माविस्तरीय निबन्ध लेखन प्रतियोगितामा स्मृति लम्साल प्रथम भएकी छन् । मंसिर ३० गते भएको प्रतियोगिताको नतिजा आइतबार सार्वजनिक गरिएको हो ।


लम्साल डिज्नील्यान्ड एकेडेमीकी छात्रा हुन् । प्रतियोगितामा नेसनल इन्भेन्टिभका विशाल केसी द्वितीय, सैनिक आवासीयका अमन भट्टराई तृतीय र स्टेप बाई स्टेपका अनमोल खड्का र डायमन्ड माविका प्रज्वल भण्डारी सान्त्वना बने ।


राष्ट्रियताको संवर्धनमा विद्यार्थीको भूमिका विषयक निबन्ध प्रतियोगितामा ३६ विद्यालय सहभागी थिए । विजयी विद्यार्थीलाई संस्थाको साधारणसभामा पुरस्कार वितरण गरिने कार्यक्रम संयोजक इन्दिरा सापकोटाले बताइन् ।

Advertisement


विद्यार्थीहरूमा लेखाइ सीप विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष डिल्लीराज आचार्य बताए । भाषाको विकासका लागि विद्यालयस्तरबाट नै लाग्नुपर्ने भएकाले यस प्रकारका कार्यक्रम सानै कक्षाबाट जरुरी हुने उनले औंल्याए ।


कार्यक्रममा महासचिव शिवहरि सुवेदी, वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्साल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया