गण्डकी फेन्सिङ संघमा विजय
समाधान संवाददाता
२०८० पुष १८ गते १०:५२

पोखरा ।
गण्डकी प्रदेश फेन्सिङ संघमा विजय शाहीको अध्यक्षमा सर्वसम्मत कमिटी चुनिएको छ । सोमबार पोखरामा भएको संघको पहिलो अधिवेशनले ४ वर्षे कार्यकालका लागि प्रदेश कमिटी निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा मनिषा गुभाजु, सचिव सन्दीप बराल र कोषाध्यक्षमा प्रदीप छिन्दाल छन् । यस्तै, कार्यसमितिका सदस्यमा रुद्रबहादुर खड्का, वीरेन्द्र तिवारी, कृष्णबहादुर रानाभाट, निशान काकी, शिव शर्मा, महेशप्रसाद पौडेल, सुस्मिता पाठक र दिपेश गुरुङ चुनिए ।
नवनिर्वाचित अध्यक्ष शाहीले प्रदेशमा फेन्सिङ खेलको विकासका लागि योजनावद्ध रुपमा काम गर्ने प्रतिवद्धता गरे । कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकी सदस्य केशव पाठकले दशौं राष्ट्रि खेलकुदको तयारी सुरु गर्न र खेलाडी उत्पादनमा विशेष ध्यान दिन नवनिर्वाचित समितिलाई आग्रह गरेका छन् ।
सम्बन्धित








सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया