राष्ट्रिय सभा निर्वाचनमा एमाले गण्डकीबाट ९ जनाकाे नाम सिफारिस
समाधान संवाददाता
२०८० पुष १८ गते १८:०२

पोखरा ।
राष्ट्रिय सभाका निर्वाचनका लागि नेकपा एमाले गण्डकीले ९ जना उम्मेदवार आकाक्षीको नाम सिफारीस गरेको छ । महिला, अल्पसंख्यक/अपांग र अन्य गरी ३ सिटमा तीन/तीन जनाको नाम केन्द्रलाइ सिफारीस गरिएको छ ।
महिला निर्वाचन क्षेत्रमा गोरखाबाट सम्झना देवकोटा, कास्कीबाट सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी सिग्देल अर्यालको नाम सिफारिस गरिएको छ ।
अल्पसंख्यक/अपांग सिटमा कास्कीका मेघराज आचार्य, गोरखाकी मिना वराम र मुस्ताङका हेमन्त शेरचन छन् । अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीकी ममतादेवी शर्मा उपाध्याय रहेका छन् ।
गण्डकीमा राष्ट्रियसभाका अध्यक्ष समेत रहेका एमालेका गणेशप्रसाद तिमल्सिना, एमालेकै दीपा गुरुङ र कांग्रेसका प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले आगामी माघ ११ गते निर्वाचन हुन लागेको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया