सूर्यदर्शन सहकारी ठगी प्रकरण: गुरुङ र अर्याल पुर्पक्षका लागि थुनामा

पोखरा ।
सूर्यदर्शन सहकारी संस्था ठगी सम्बन्धी मुद्दामा पूर्वसञ्चालकद्वय शिवबहादुर गुरुङ र भविश्वर अर्याल पुर्पक्षका लागि जेल चलान भएका छन् । कास्की जिल्ला अदालतले उनीहरुलाई बुधबार उक्त आदेश गरेको थियो ।
न्यायाधीश वसन्तजंग थापाको इजलासले गुरुङसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जनाए ।
उनीहरूविरुद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार दुबैजना मंगलबार अदालतमा उपस्थित भएका थिए । मंगलबार थुनछेक बहस नसकिएपछि उनीहरुलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो ।
सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको १ अर्ब ३५ करोड ५३ लाख हिनामिना गरेको अभियोग छ । जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।
यो सहकारी ठगीका मुख्य आरोपी संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसहित पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर विरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्ने प्रक्रियाअघि बढाएको छ ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया