सूर्यदर्शन सहकारी ठगी प्रकरण: गुरुङ र अर्याल पुर्पक्षका लागि थुनामा

पोखरा ।
सूर्यदर्शन सहकारी संस्था ठगी सम्बन्धी मुद्दामा पूर्वसञ्चालकद्वय शिवबहादुर गुरुङ र भविश्वर अर्याल पुर्पक्षका लागि जेल चलान भएका छन् । कास्की जिल्ला अदालतले उनीहरुलाई बुधबार उक्त आदेश गरेको थियो ।
न्यायाधीश वसन्तजंग थापाको इजलासले गुरुङसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जनाए ।
उनीहरूविरुद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार दुबैजना मंगलबार अदालतमा उपस्थित भएका थिए । मंगलबार थुनछेक बहस नसकिएपछि उनीहरुलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो ।
सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको १ अर्ब ३५ करोड ५३ लाख हिनामिना गरेको अभियोग छ । जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।
यो सहकारी ठगीका मुख्य आरोपी संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसहित पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर विरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्ने प्रक्रियाअघि बढाएको छ ।








समाधानलाई ‘राष्ट्रिय क’ वर्गको मान्यता
इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया