लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन

लेखनाथ ।
लेखनाथ जेसिजको २६ औं र जुनियर जेसीजको २१ औं पदस्थापन संयुक्त रुपमा भएको छ । कार्यक्रममा नेपाल जेसीज वर्ष २०२४ का अध्यक्ष रविन पोख्रेलले नेपाल कम विकसित मुलुकबाट विकाशील मुलुकको रुपमा छिट्टै नै घोषणा हुने क्रममा रहेको जनाए ।
उनले यसमा जेसिजले गरेको योगदान उल्लेखनीय भएको दाबी गरे । अध्यक्ष पोख्रेलले मुलुकको विकासका लागि युवा नेतृत्व र कुशल नेतृत्व आवश्यकता रहेकोमा जोड दिए । अवसरको खोजीमा युवा विदेश पलायन हुने क्रम बढेको र त्यसलाई रोक्न उद्मशीलताको विकास हुनुपर्ने उनको भनाइ छ । अग्रजहरुको ज्ञान, सीप र अनुभव एव तालिमको माध्यमबाट युवालाई सशक्तीकरण गर्नुपर्ने उनको सुझाव छ ।
जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अनुप सुनुवारले जेसिजको भिजन प्लान अफ एक्सनलाई हरेकले जीवनमा पनि लागू गर्नुपर्नेमा जोड दिए । जेसिजका निरुपित राष्ट्रिय उपाध्यक्ष अमर घिमिरे, संस्थापक अध्यक्ष बाबुराम जमरकट्टेल, पोखरा जेसिजका अध्यक्ष जेसी देवराज शर्मा, लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष कृष्ण अधिकारी लगायतले कार्यक्रममा बोलेका थिए ।
यसअघि लेखनाथ जेसिज वर्ष २०२४ का अध्यक्ष प्रकाश राईभाटलाई वर्ष २०२३ का अध्यक्ष चन्द्रप्रकाश ढुंगानाले सपथ गराएका थिए । कार्यसमिति तथा पदाधिकारीलाई नवनिर्वाचित अध्यक्ष राईभाटले सपथ गराए । लेखनाथ जुनियर जेसीज वर्ष २०२४ का अध्यक्ष प्राञ्जल पौडेललाई वर्ष २०२३ का अध्यक्ष नवीन अधिकारीले सपथ गराए । कार्यसमिति तथा पदाधिकारीलाई नवनिर्वाचित अध्यक्ष पौडेलले सपथ ग्रहण गराएका थिए ।
लेखनाथ जेसिजका अध्यक्ष प्रकाश राईभाटले नेतृत्व गर्ने जिम्मेवारीलाई आफूले अवसर र चुनौतीका रूपमा लिएको उल्लेख गरे । आगामी दिनमा स्थानीय सरकार र संघ, संस्थाहरुसँग समन्वय गरी संस्थाको गरिमालाई अझै उच्च बनाउने उनको प्रतिवद्धता छ । लेखनाथ जुनियर जेसिज अध्यक्ष पौडेलले आफ्ना कार्ययोजना प्रस्तुत गर्दै उत्कृष्ट कार्य गर्ने वाचा गरे ।
कार्यक्रममा लेखनाथ जेसिजका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीद्वारा स्थापित ‘दिनानाथ अवार्ड’ वर्ष २०२३ का कानुनी सल्लाहकार कृष्ण तिवारी, पूर्वअध्यक्ष नेत्रपाणि बास्तोलाद्वारा स्थापित ‘अमृता सम्मेलन अवार्ड’ पत्रकार रामशरण नेपाली, पूर्व अध्यक्ष सुजन न्यौपानेद्वारा स्थापित ‘वुद्वि विनोद लिडर अवार्ड’ सुशील ढुंगानालाई प्रदान गरिएको थियो ।









मानवअधिकार उल्लंघनकर्तालाई कारवाही माग
लेखनाथ महोत्सवलाई आमा समूहको साथ
विद्यार्थीलाई पोशाक र दाँत परीक्षण
लेकसाइडका सडकमा बस पार्किङ निषेध
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया