कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाजको नयाँकार्यसमिति

पोखरा ।
कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको पुस २१ गते शनिबार सम्पन्न साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जीवलाल न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्ष विष्णु भट्टराई पाण्डे, सचिव लीलाबल्लभ न्यौपाने, कोषाध्यक्ष मणिराज भट्टराई, सहसचिव भीमलाल भट्टराई चुनिए ।
सदस्यमा हरिकला पाण्डे, वडा नम्बर ५ को संयोजक तथा सदस्यमा पवित्रा पाण्डे, वडा नम्बर ४ को संयोजक तथा सदस्य राजन पाण्डे, वडा नम्बर ६ को संयोजक तथा सदस्य वेदप्रसाद भट्टराई, वडा नम्बर ३ को संयोजक तथा सदस्य जयप्रसाद भिँले, वडा नम्बर ७ को संयोजक तथा सदस्य गोपाल भट्टराई, वडा नम्बर २ को संयोजक तथा सदस्य गीता भेँडी र वडा नम्बर १ को संयोजक तथा सदस्य रुकेश सुनार निर्वाचित भएका छन् ।
सल्लाहकारहरु प्रसिद्ध गायक पुरुषोत्तम न्यौपाने, एलबी राना, भोजराज पाण्डे, चोलाकान्त पाण्डे, केबी राना, लेखनाथ न्यौपाने र वेदप्रसाद पाण्डे लगायतको सहजीकरणमा नयाँकार्यसमिति चयन भएको हो । निर्वाचन समिति संयोजक भोजराज पाण्डे थिए ।
गण्डकी प्रदेश सभामा स्याङ्जाबाट निर्वाचित सांसद महेश भट्टराईको प्रमुख आतिथ्य तथा सम्पर्क समितिका अध्यक्ष लक्षमण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गायक पुरुषोत्तम न्यौपाने लगायतले शुभकामना व्यक्त गरेका थिए ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया