अधिकृत विक्रेता संघ पोखराको अध्यक्षमा श्रेष्ठ निर्वाचित

समाधान संवाददाता २०८० पुष २२ गते ८:४१

पोखरा । अधिकृत विक्रेता संघ पोखराको अध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको शनिबार पोखरामा भएकाे १७ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र पौडेल, उपाध्यक्षमा रवी सापकोटा, महासचिवमा दिलिपकुमार श्रेष्ठ, सचिवमा देवेन्सन प्रजु, कोषाध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा ज्ञानेन्द्र गौतम सर्वसम्मत निर्वाचित भएका छन् ।

Advertisement

संस्थाको कार्यसमिति सदस्य पदमा नवराज अधिकारी, वीजेन्द्र शर्मा पौडेल, विनय राजभण्डारी, अमृत सापकाेटा र भेषराज चापागाईं निर्वाचित भएका छन् ।

कार्यक्रममा पुराना व्यवसायी भास्कर पालिखेलाई सम्मान गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया