हिमालयन लाइफ इन्सोरेन्सको गण्डकी कर्मचारी संघमा अधिकारी

पोखरा ।
हिमालयन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको कर्मचारी संघको गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा न्युरोड शाखामा कार्यरत देवेन्द्र अधिकारी निर्वाचित भएका छन् ।
संघको सचिवमा रविन जिसी, कोषाध्यक्षमा उषा पौडेल र सदस्यहरुमा मनीषा भण्डारी, पार्वती श्रेष्ठ, आशबहादुर गुरुङ, ज्योति गुरुङ, देवीकुमारी शर्मा र पार्वती मास्के निर्वाचित भए । अब यो समितिले नै उपाध्यक्ष चयन गर्नेछ । कार्यक्रममा बिमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशवराज दहालले समग्र बिमा क्षेत्रमा देखिएका विकृति तथा समस्याहरुलाई समाधान गर्नेतर्फ आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर कर्मचारी तह र अभिकर्ताले सकरात्मक भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।
उमाकान्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्मचारी संघका केन्द्रीय अध्यक्ष हरिबहादुर खड्का, संघका वरिष्ठ उपाध्यक्ष रुद्रमान तामाङ घिसिङ, संघका केन्द्रीय महासचिव उद्धव बिडारी, हिमालयन लाइफ इन्सोरेन्सका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य र बगर शाखा प्रमुख श्यामप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए । इन्सोरेन्सका गण्डकी प्रदेशभित्र २० वटा शाखा छन् ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया