गोकुलधाममा महायज्ञको तयारी

पोखरा ।
राष्ट्रिय परोपकार महासंघले पोखरा महानगरपालिका वडा नम्बर १४ बाच्छेबुडुवाको पुष्करिणी परोपकार गोकुल धाममा भागवत ज्ञान महायज्ञ गर्ने भएको छ । पुस २६ देखि माघ ४ गतेसम्म हुने महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले प्रवचन दिने छन् ।
पुस २६ गते पोखरा १४ छिनेडाँडा शुक्रराज बलभद्र विद्यालय प्रांगण खुला चौरबाट शोभायत्रा सुरु हुने प्रचारप्रचार समितिका संयोजक दिवस कुँवरले जानकारी दिए । महायज्ञमा माघ ३ गते लक्ष्यवर्ति दीप प्रज्ज्वलन हुनेछ । पूजा एवं पाठपारायण बिहानै साढे ७ बजेदेखि साढे १० बजेसम्म हुनेछ ।
प्रत्येक दिन बेलुका सवा ४ बजेबाट आरती हुने कुँवरले जानकारी दिए । शनिबार महायज्ञ हुने स्थानमा भएको भेलामा तयारीबारे छलफलल भएको छ । पोखरा १४ का वडाध्यक्ष र भागवत् भाष्कर कमलनयन गौतमको उपस्थितमा छलफल भएको हो । यसअघि नै महायज्ञलाई सफल पार्न जेबी कुँवरको अध्यक्षतामा समिति गठन भएको छ ।
कार्यक्रममा अध्यक्ष कुँवरले सबैले काम आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । समितिको उपाध्यक्षमा चिरञ्जीवी बराल, ईन्द्रामाया बानियाँ र किसनकुमार खनाल छन् । महासचिवमा विष्णुप्रसाद पौडेल, सचिवद्वय रामजी जिसी र रेणु थापा छन् भने कोषाध्यक्षमा कुशकुमार कार्की, डिल्लीराम लामिछाने र गीता लामिछाने छन् ।
पुस २६ देखि माघ ४ गतेसम्म हुने महायज्ञको तयारीका लागि २४ उपसमिति
महायज्ञ सफल पार्न २४ उपसमितिसमेत गठन भएका छन् । पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीलाई महायज्ञ सफल पार्न सल्लाहकार समितिमा राखिएको छ । उद्योगी तथा व्यवसायी परिचालन उपसमितिमा गोकर्ण कार्की, अतिथि सत्कारमा ललितबहादुर बानियाँ, आर्थिक संकलनमा कुशकुमार कार्की, आवास व्यवस्थापनमा बोधराज बराल, संघ, संस्था परिचालनमा बटुकृष्ण कुँवर र प्रचारप्रसार समितिमा दिवस कुँवर छन् ।
फूलमाला व्यवस्थापन समितिमा ईन्द्रामाया बानियाँ, मातृ शक्ति परिचालन डिलकुमारी जिसी, पूजापाठ समन्वयमा चिरञ्जीवी बराल, यातायात दुवानी व्यवस्थापनमा मधुसुदन पौडेल, स्वयम् सेवक परिचालनमा रेशम जिसी र युवा परिचालनमा दीपेन्द्र केसी छन् ।
शोभायात्रामा परिचालनमा बालाराम बराल, भोजन व्यवस्थापनमा सीता पराजुली, प्रमाणपत्र लखनमा डिल्लीराम पोखरेल, खाद्य तथा फल फूल व्यवस्थापन उपसमिति शुष्मा त्रिपाठी छन् । यस्तै, भजनकीर्तनमा कृष्ण कुँवर, सरसफाइ उपसमितिमा कुमवीर बढामगर, प्राथमिक उपचार व्यवस्थापनमा निर्मला जोशी र जलपान तथा प्रसाद वितरणमा सुविन आचार्यको संयोजकत्वमा उपसमिति बनेका छन् ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया