पालिकामै सेवा दिन नेकपा कास्कीको माग

समाधान संवाददाता २०८० पुष २२ गते १३:५६

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी कास्कीले नागरिकता, जग्गा किनबेच, परिचय पत्र जस्ता काम आगामी वर्षदेखि स्थानीय तहमै उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ ।

Advertisement


पार्टी केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज पुर्णजीत सी, केन्द्रीय प्रतिनिधि सदस्यहरु काजी सी, सोममाया सी, परिवर्तन सी, सन्तोष सी लगायतले कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।


अझै पनि वास्तविक संघीयताको निर्माण र अभ्यास नगरिएको उल्लेख गर्दै ज्ञापनपत्रमा दुर्गम हिमाली तथा पहाडी क्षेत्रका जनताले सहजै पालिका स्तरबाट पाउनुपर्ने सामान्य सुविधा लागि अझै पनि जिल्लाको सदरमुकाम धाउनुपर्ने बाध्याता रहेकोप्रति प्रधानमन्त्रीलाई ध्यानाकर्षणसमेत गराईएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया