एमालेले छान्यो राष्ट्रिय सभाका उम्मेदवार, गण्डकीबाट काे (सूचीसहित)

समाधान संवाददाता २०८० पुष २२ गते १६:५८

नेकपा एमालेले राष्ट्रियसभाको उम्मेदवारको टुंगो लगाएको छ । माघ ११ गते हुने निर्वाचनको लागि १९ उम्मेदवार तय गरिएको महासचिव शंकर पोखरेलले बताए ।

Advertisement

उनका अनुसार जसअनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी), बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गतारअल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्युवराज विश्वकर्मा (धादिङ), गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गतारअल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ), लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख), सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गतारअल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) रहेका छन् ।

तर, १९ सीटमै सत्ता गठबन्धन एकजुट भएर निर्वाचन होमिएको भएकाले एक सीट पनि जित्ने सम्भावना छैन ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया