पोखराबेसी बहुउद्देश्यीय सहकारीमा फेरि पहारी

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २, बागलुङ बसपार्क अवस्थित पोखराबेसी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा नारायण पहारी पुन चयन भएका छन् । सहकारीको शनिबार सम्पन्न दोस्रो निर्वाचनसहितको पाँचौं वार्षिक साधारण सभाले आगामी ४ वर्षे कार्यकालका लागि पहारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा दयाल गिरी, सचिव कमल तिमिल्सिना, सहसचिव शक्ति प्रधानाङ, कोषाअध्यक्ष सनोज पहारी, सदस्य तिलावती अधिकारी कोइराला र महेन्द्र पुन चयन भएका हुन् । ९ सदस्यीय कार्यसमितिमा २ सदस्य सञ्चालक समितिले चयन गर्ने प्रावधान रहेको निर्वाचन संयोजक जगतबहादुर पहारीले जानकारी दिए ।
संस्थाको शनिबार नै सम्पन्न सभाले विभिन्न उपसमितिसमेत गठन गरेको छ । लेखा तथा सुपरिक्षण समितिको संयोजकमा प्रेमराज पहारी सदस्यहरुमा दुर्गा अधिकारी र बबिन नेपाली छन् । ऋण परिचालन उपसमितिको संयोजकमा दयाल गिरी र सदस्यहरुमा शोभाखर गौतम र रमेश थापा चयन भएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवं गण्डकी प्रदेश सांसद प्रकाश बरालले कार्यक्रमको उद्घाटन गर्दैे ‘सहकारीको महत्व जति दुरदराज गाउँका मानिसहरुमा छ, सहर बजारका मानिसमा महत्व कम भएको भन्दै सञ्चालकहरुले सहकारीको उद्देश्यर सिद्धान्तमा रहेर अगाडि बढ्नुपर्ने’ बताएका छन् ।
गाउँघरमा छोरा छोरी पढाउनदेखि विदेश पठाउन पनि सहकारीको भर पर्ने गरेको बताउँदै, सहकारीले आफ्ना सदस्यहरुको सहयोगका लागि नयाँ योजना ल्याउनुपर्नेमा जोड दिए ।
अध्यक्ष नारायण पहारीले सहकारीले सदस्यहरुको मनोभावना अनुरुप नै काम गरेको बताउँदै, सदस्यहरुको आर्थिक स्तर वृद्धि गर्ने, नयाँ कार्यक्रमहरु ल्याइने बताए । सहकारीको माध्यमबाट गाउँको र सहरको सम्बन्ध जोड्ने र गाउँको उत्पादनलाई सहरमा ल्याई सहरको पुँजीलाई गाउँमा लैजानुका साथै सहरमा बस्ने व्यक्तिहरुलाई सुलभ स्वास्थ बस्तु उपभोग गर्ने वातावरण सिर्जना गरी सदस्यहरुलाई सुखी बनाउने आफ्नो योजना रहेको सुनाए ।
पोखरा महानगर पालिका वडा नम्बर २ वडा अध्यक्ष तथा सल्लाहकार दिवशमान प्रधानांगले सहकारीलाई सफल र सक्षम बनाउन सम्पूर्ण सदस्यहरुले आफ्नो सहकारीमा कारोबार गर्ने आग्रह गरे ।
पहारी कुल संरक्षण समितिका राष्ट्रिय अध्यक्ष जगतबहादुर पहारीले सहकारीले निम्न आर्थिक स्तर भएका सदस्यहरुको जीवनस्तर उकास्न सकेमात्र सहकारीको महत्व बढ्ने बताए । अध्यक्ष नाराण पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दयाल गिरी, सचिव कृष्ण तिमिल्सिना सल्लाहकार राजु क्षेत्री, हरिवंश सहकारी पोखरा १८का अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, लेखा संयोजक प्रेमराज पहारी लगायतले विषम परिस्थितिमा संस्थालाई जोगाइन राख्न सक्नु गर्वको विषय बताए ।
२०७५ सालमा स्थापना भएको सहकारीमा ३ करोड ४६ लाख २५ हजार २ सय सेयर पुँजी छ । ७ करोड ८७ लाख २१ हजार २ सय ७० रुपैयाँ लगानी रहेको सहकारीमा निक्षेप ५ करोड २९ लाख ८४ हजार ६ सय ९९ रुपैयाँ भएको जानकारी सभामा गराएका थिए । सहकारीको खुला सदस्य नीतिअनुरुप हालसम्म १ हजार १ सय ४ जना सेयर सदस्य छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया