कास्की बचत संघमा शेरबहादुर

गण्डकी ।
कास्की वचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा शेरबहादुर कार्की चयन भएका छन् । संघको २३ औं साधारण सभाले ११ सदस्यीय सञ्चालक समिति र लेखा समिति निर्विरोध निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा इश्वरप्रसाद सुवेदी, सचिव मीनराज तिमिल्सिना, कोषाध्यक्ष केशवशरण पौडेल राष्ट्रिय प्रतिनिधि वर्षाकेशव पराजुली र सदस्यहरुमा किरण अधिकारी, दीपकराज घिमिरे, जानकी अधिकारी, मेनका पौडेल, बृन्दा सुवेदी, र कल्पना श्रेष्ठ निर्वाचित भएका छन् ।
साधारण सभाले केशवप्रसाद ढकालको संयोजकत्वमा कृष्णप्रसाद पोखरेल र किसान परियार सदस्य रहेको लेखा सुपरिवेक्षण समिति समेत गठन गरेको छ । गण्डकी प्रदेश सहकारी विभागका रजिस्ट्रार भेषराज रिजालले साधारण सभाको उद्घाटन गर्दै सहकारी संस्थाको पुँजी उत्पादन क्षेत्रमा लगानी हुनुपर्ने आवश्यकता औंल्याए ।
नीति र विधि विपरित सञ्चालन हुँदा सहकारीमा चुनौती देखिएको उल्लेख गर्दै उनले सञ्चालक समितिको गतिविधिबारे सेयर सदस्य सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बखान सहकारी अवार्डबाट सनराइज वचत तथा ऋण सहकारी संस्था र राइफासन सहकारी अवार्डबाट जनसेवा वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रेमसागर अधिकारीलाई सम्मान गरिएको थियो ।
कास्की जिल्लामा ६६० वटा सहकारी संस्थामध्ये ४०५ वटा वचत तथा ऋण सहकारी संस्थामा शेयर पुँजी दुई अर्व, निक्षेप १८ अर्व , ऋण प्रवाह २० अर्व रहेको संस्थाले दुई हजार पाँचसय जनालाई प्रत्येक्ष रोजगार दिंदै आएको साधारणा सभामा अध्यक्ष भेषराज बरालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रमा नेप्सुन केन्द्रीय संचालक सदस्य कमला गिरी, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइराला, संस्थाका निवर्तमान अध्यक्ष सुदिपमोहन ढकाल, दुग्ध सहकारीका पुण्यप्रसाद पौडेल, संघका उपाध्यक्ष श्रीकान्त ढुंगाना, सचिव ईश्वरप्रसाद सुवेदी, कोषाध्यक्ष शेरबहादुर कार्की लगायतले कतिपय सहकारी संस्थामा देखिएको समस्या र चुनौतिको सामना गर्नका लागि नियमन निकाय एवम् सरोकारवालाले सकृयता बढाउनु पर्ने खाँचो औल्याए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया