गन्तव्य अन्नपूर्ण साकोसमा तिमिल्सिना

समाधान संवाददाता २०८० पुष २२ गते १७:४५

पोखरा ।
गन्तव्य अन्नपूर्ण बचत तथा ऋण सहकारी सस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो साधारण सभा पोखरा महानगरपालिका वडा नम्बर २ स्थित अनन्ता सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको छ ।


२०७६ सालमा स्थापना भएको सो सहकारीको अधिवेशनले आगामी ४ वर्षका लागि दीपेन्द्र प्रसाद तिमिल्सिनाको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ नेतृत्व चयन गरेको छ । निर्वाचन समितिका संयोजक अधिवक्ता कृष्णप्रसाद तिमिल्सिनाका अनुसार उपाध्यक्षमा यमबहादुर ढकाल, सचिवमा प्रदीप जिसी, कोषाध्यक्षमा सन्तोष शर्मा तिमिल्सिना, सचिवमा रामचन्द्र सुनार सदस्यहरुमा गोमा थापा, विष्णुप्रसाद तिमिल्सिना, विमला सुवेदी, विष्णुहरि तिमिल्सिना, दुर्गा तिमिल्सिना पनि निर्विरोध चयन भएका छन् ।


अधिवेशनले शिवप्रसाद तिमिल्सिनाको संयोजकत्वमा ३ सदस्सीय लेखा समिति समेत चयन गरेको छ । जसको सदस्यमा विष्णुकुमार श्रेष्ठ र दीपेश थापा रहेको अधिवक्ता तिमिल्सिनाले जानाकारी दिए । यसअघि साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दीपेन्द्रप्रसाद तिमिल्सिनाले कोभिड १९ कारण धरासायी भएको मुलुकको अर्थतन्त्रलाई सवल बनाउन सहकारीहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

Advertisement


पोखरा महानगरपालिका वडा नम्बर १८, का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले अधिकांश सहकारी संस्थामा तरलता अभाव देखिएको र सदस्यको बचत फिर्ता गर्न नसकिरहेका अवस्थामा सहकारीले समयमानै ऋण लगानी तथा आर्थिक पारदर्शिताका विषयमा चनाखो रहनुपर्ने कुरामा विशेष जोड दिए ।


सहकारी क्षेत्रको अनुगमन, नियमन कमजोर हुनु सहकारी संकटको मुख्य कारण रहेको कुरा औल्याउँदै सहकारी संस्था सुशासन र पारदर्शी कारोबारमा जोड दिनुपर्ने कुरामा समेत जोड दिए ।

Advertisement


सो अवसरमा संस्थाका सल्लाहकार सूर्यप्रसाद तिमिल्सिनाले सहकारीको मुल्य, मान्यता र सिद्धान्त अनुरुप अघि बढ्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कल्पना ढकाल, गंगाधर तिमिल्सिना, ललित गोतामे, पुर्नाखर तिमिल्सिना, शिव थापा लगायतले सहकारीको महत्व र यसले समाजमा खेलेको भूमिका बारेमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया