अधिकृत बिक्रेता संघमा मनोज

समाधान संवाददाता २०८० पुष २२ गते १७:४८

पोखरा ।
अधिकृत बिक्रेता संघ पोखरा को १७ औं साधारण सभा तथा ९ औं अधिवेशनले मनोजकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसमेत रहेका उनी यसअघि अधिकृत बिक्रेता संघको वरिष्ठ उपाध्यक्ष थिए ।


पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य मनोजकुमार श्रेष्ठ अध्यक्ष पदमा, कार्यसमिति सदस्य दिलीपकुमार श्रेष्ठ, महासचिव पदमा र कार्यसमिति सदस्य देबेन्सन प्रजु, सह–सचिव पदमा साथै साधारण सदस्य मित्रहरू क्रमश वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र पौडेल, कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र पौडेल, उपाध्यक्षमा रवि सापकोटा, महासचिवमा दिलीपकुमार श्रेष्ठ, सहसचिवमा देवेन्सन प्रजु, कोषाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा ज्ञानेन्द्र गौतम चयन भएका छन् ।


कार्यसमिति सदस्यहरुमा नवराज अधिकारी, विजेन्द्र शर्मा पौडेल, विनय राजभण्डारी, भेषराज चापागाईं र अमृत सापकोटा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया