राजाकाे चौतारोमा यमरी उत्सव

लेखनाथ ।
समाज कल्याण नेवाः मिस पुच पोखरा ३२ राजाका चौतारोको आयोजनामा यमरी उत्सव भएको छ । कार्यक्रममा सांसद मनबहादुर गुरुङले संस्कृतिको धनी नेपालमा संस्कृति र धार्मिक हिसाबले नेवार समुदाय अग्रपंंक्ति रहेको जनाए ।
उनले आफ्ना संस्कार र सांस्कृति झल्काउने तथा नयाँ पुस्तालाई लोप हुँदै गरेका चालचलनबारे जानकारी दिन यस्ता खाले उत्सव हुनैपर्ने जनाए । समाज कल्याण नेवाः मिस पुचाका अध्यक्ष मेनुका श्रेष्ठले नेवारी परिकार र संस्कृतिलाई नयाँ पुस्ता र गैरनेवार समुदायका बीच लैजान उत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
कार्यक्रमा लेखनाथ उद्योग वाणिज्य संघका सल्लाहकार धीरजकुमार श्रेष्ठ, नागरिक परोपकार समोन्वय संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारी, समाज कल्याण नेवाः खलका सल्लाहकार मानबहादुर श्रेष्ठ र अर्घौ मिसाः पुचाःकी अध्यक्ष मीना कुमारी श्रेष्ठले बोलको थिए ।
नेवार समुदायमा नयाँ बालीका रुपमा धान भित्र्याएपछि विभिन्न देवी, देवतालाई योमरी बनाएर पूजा गरी यो पर्व मनाउने गरिन्छ । नयाँ धान कुटी पिसेको पीठोमा चाकु, तिल, नरिवल वा खुवा वा मास पिनेको वा किमा लगायतकासामग्री राखी त्रिकोण आकारको वा लाम्चो आकारको योमरी तयार गरिन्छ ।
योमरीले जाडोमा शरीरमा आवश्यक ताप र ऊर्जा दिने र चिसोबाट लाग्ने रोगबाट बचाउने भएकाले स्वास्थ्यका लागि निकै फाइदाजनक हुने समाज कल्याण नेवाः मिसा पुचकी सदस्य तीर्सना श्रेष्ठ र शर्मिला श्रेष्ठ बताउँछन् ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया