पोखरा कलेजमा वार्षिक खेलकुद
पोखरा ।
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा वार्षिक खेलकुद भएको छ । आधा दर्जन खेलमा कलेजमा अध्ययनरत विभिन्न संकायका विद्यार्थीले सहभागिता जनाएका छन् ।
भलिबल, ब्याडमिन्टन, चेस, पब्जी, बास्केटबल, फुटसल र टग अफ वार खेलाइएको हो । भलिबल छात्रतर्फ बिसिआइएस सातौं सेमेस्टर विजेता बन्दा बिसिआइएसकै प्रथम सेमेस्टर उपविजेतामा चित्त बुझायो । भिक्टर लामिछाने सर्वोत्कृष्ट खेलाडी बने भने राजेन्द्र खड्का बेस्ट स्पाइकर चुनिए ।
भलिबल खेल छात्रातर्फ बिबिए पाँचौ सेमेस्टर दिवाकालीन सत्रको टोली प्रथम भयो । बिबिए तेस्रो सेमेस्टर दिवा सत्रको टोली उपविजेता बन्यो । टिना गर्बुजा सर्वोत्कृष्ट खेलाडी भइन् भने सृष्टि भट्टराई बेस्ट स्पाइकर घोषित भइन् ।
बास्केटबल छात्रतर्फ बिबिए चौथो सेमेस्टर प्रातः सत्रको टोली प्रथम भयो भने बिबिएकै पाँचौ सेमेस्टर दिवा शत्रको टोली दोस्रो भयो । यस्तै, बास्केटबल छात्रातर्फ बिबिए पाँचौ सेमेस्टर दिवा सत्रको टोली विजेता बन्दा बिसिआइएस चौथो सेमेस्टर टोली दोस्रो भयो ।
बास्केटबलमा सर्वोत्कृष्ट खेलाडी छात्रतर्फ शुलभ शिल्पकार र छात्रातर्फ आकृति गुरुङ बने भने हाइ स्कोरर प्रितम गुरुङ र सुहानी आले बने । फुटसल छात्रतर्फ बिबिए सातौं सेमेस्टर दिवा सत्रको टोली प्रथम हुँदा बिसिआइएस तेस्रो सेमेस्टर दोस्रो बन्यो । सवोत्कृष्ट खेलाडी निशान क्षेत्री, हाइ स्कोरर ग्रिफ थकाली, बेस्ट किपर आर्जन कार्की घोषित भए ।
फुटसल छात्रातर्फ बिबिए पाँचौ सेमेस्टर दिवा सत्रको टोली विजेता बन्दा बिबिए चौथो सेमेस्टर प्रातः शत्रको टोली उपविजेता बन्यो । सृष्टि ढेवाजु सर्वोत्कृष्ट खेलाडी, आकृति गुरुङ हाइ स्कोरर र एलिका लालचन बेस्ट किपर घोषित भए ।
ब्याडमिन्टन सिंगलतर्फ बिसिआईएस तेस्रो सेमेस्टरका शौरव केसी प्रथम हुँदा बिबिए पाँचौ सेमेस्टरका कुशल श्रेष्ठ दोस्रो बने । डबल्सतर्फ बिसिआईएस तेस्रो सेमेस्टरका शौरव केसी र निश्चित गुरुङ विजेता बने भने बिबिए पाँचौ सेमेस्टरका कुशल श्रेष्ठ र प्रतिक श्रेष्ठ उपविजेता बने ।
चेसतर्फ बिबिए फस्र्ट सेमेस्टरका छात्र सन्देश चुल्याजु विजेता बन्दा प्रतीक श्रेष्ठ उपविजेता भए । पब्जीतर्फ २९ अंकका साथ बिबिए चौथो सेमेस्टर दिवा शत्र टोली प्रथम बन्दा १ अंकले मात्र पछि परेर पाँचौ सेमेस्टर बिहानी शत्रको टोली दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो ।
साथै, टग अफ वारतर्फ पनि सातौं सेमेस्टर दिवा सत्रको टोली प्रथम हुँदा पाँचौ सेमेस्टर दिवा सत्रको टोली द्वितीय भयो । कलेजकी प्रिन्सिपल लिना नेगी श्रेष्ठ लगायतले विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरे ।
तपाईको प्रतिक्रिया