जरुवा टोलमा नयाँ नेतृत्व
समाधान संवाददाता
२०८० पुष २४ गते १०:४०

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २७ को जरुवामा महिला मात्र सदस्य रहेको जरुवा टोल विकास संस्थाको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले जानुका सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
आन्तरिक पर्यटनमा प्रवद्र्धनमा सहयोग पुग्ने गरी कालाबाङ भ्युप्वाइटमा भएको अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा अनिता लामिछाने, सचिवमा शोभा शर्मा, सहसचिवमा सकुन्तला पौडेल, कोषाध्यक्षमा राधा सापकोटा र सदस्यहरुमा नारायणी सापकोटा, गंगादेवी धमला, लक्ष्मी बस्ताकोटी र दुर्गा लामिछाने रहेको स्थानीय शिवप्रसाद भण्डारीले जानकारी दिएका छन् । कार्यक्रम संस्थाकी अध्यक्ष सीता लामिछानेको अध्यक्षतामा भएको थियो ।
सम्बन्धित








वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया