प्रदेश ह्यान्डबल संघमा पाठक

पोखरा ।
गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा केशव पाठक सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा पाठकसहित १५ सदस्यि कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा गिरमान गुरुङ, महिला उपाध्यक्षमा शान्ति थापा वैद्य, महासचिवमा राजेन्द्र पहाडी, सचिवमा विशाल क्षेत्री, कोषाध्यक्षमा बिना गोतामे चयन भएका छन् ।
कार्यसमिति सदस्यमा प्रदीप बगाले (स्याङजा), पार्वती विक (नवलपुर), अधिप पाण्डे (तनहुँ), मोहन गुरुङ (कास्की), तिलकबहादुर अधिकारी (कास्की), कृष्णसिंह बस्नेत (गोरखा) र कल्याण भण्डारी (बागलुङ) चयन भएका छन् ।
यसअघि भेलालाई सम्बोधन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुदको विकासका लागि परिषदले विभिन्न योजनाहरु अघि सारेको जनाउँदै १० औं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गरे । उनले खेल संघहरुलाई सुशासनतर्फ अघि बढाउने प्रयासमा परिषद रहेको जनाउँदै नवगठित समितिले ह्याण्डबल खेलाडीको उत्पादन र विकासको गतिलाई समेत सँगैसँगै अघि बढाउनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।
सो अवसरमा परिषदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ, ऋषिराम गौतम, पूर्व राष्ट्रिय ह्याण्डबल खेलाडी देवेन्द्रकुमार शेरचनले शुभकामना तथा बधाई दिँदै नवगठित कार्यसमितिले ह्याण्डबल खेलको विकासमा आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्न र दर्शौको तयारीका लागि योजनावद्धरुपमा कार्य गर्न आग्रह गरे ।
प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार गठन भएको प्रदेश ह्याण्डबल संघलाई गति दिने गरी योजनाहरु निर्माण गर्ने प्रतिबद्धता नवगठित समितिका अध्यक्षले प्रतिवद्धता व्यक्त गरेका छन् । भेलाले केन्द्रीय प्रतिनिधीको रुपमा पूर्व राष्ट्रिय ह्याण्डबल खेलाडी शेरचनलाई चयन गरेको छ । गण्डकी प्रदेशको प्रशिक्षकको जिम्मेवारी ह्याण्डबल प्रशिक्षक रामबहादुर क्षेत्रीलाई दिने निर्णयसमेत गरेको छ ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया