ल्होसारमा शुभकामना र सम्मान

पोखरा ।
गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार/ल्होछार (गिद्धवर्ग)को अवसरमा तमु(गुरुङ) कलाकार सघ नेपाल गण्डकी प्रदेश समितिले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा तमु धिं नेपालका नवनिर्वाचित केन्द्रीय अध्यक्ष हुमबहादुर गुरुङ लगायत पदाधिकारी तथा केन्द्रीय सदस्य, तमु धिं नेपाल आमा समिति, गुरुङ साहित्यिक मञ्चका पदाधिकारी तथा सदस्यलाई कार्यकालको सफलताको शुभकामनासहित खादा माला लगाएर सम्मान गरिएको संघका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।
समारोहमा पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, तमु धिं साउदी अरबका अध्यक्ष हेम गुरुङ, अमेरिका निवासी गायिका ओमकुमारी गुरुङ र कोरिया निवासी कलाकार दिलीप गुरुङलाई भांग्रा तथा फेता लगाएर सम्मान गरिएको छ ।
कार्यक्रममा आँधीखोला फेन्सी स्टोरको तर्फबाट सञ्चालक सुरेन्द्रमान श्रेष्ठले ठाडो भाकाका सर्जक बुद्धिमान दुरा (धम्पु)लाई समेत सम्मान गरिएको अध्यक्ष गुरुङले बताए । प्रतिनिधि सभाका सदस्य मनबहादुर गुरुङले राजनीतिमा सहभागिताको अलवा व्यक्तित्व र नेतृत्व विकासमा लाग्न सबैमा आग्रह गरे । उनले विधिको शासन, नैतिक शिक्षाको पालना गरी उद्यमशीलताको विकासमा लाग्न अनुरोध गरे ।
उनले गुरुङ मन राम्रो र सकारात्मक सोच भएको समुदाय भएको दाबी गरे । ‘लोपोन्मुख र हराउन लागेको संस्कार संस्कृतिको खोजी, नीति गरी संरक्षण गर्नु आवश्यक छ,’ उनले भने, ‘पितृ तथा अग्रजलाई सम्मान गर्नेदेखि आदिवासी जनजातिको रुपमा रहेको गुरुङ समुदायको भाषा, संस्कार र संस्कृतिलाई सबै मिलेर जोगाउनु पर्छ ।’ नेपालले संयुक्त राष्ट्र संघमा गएर पृथ्वीलाई बचाऔं र संस्कार संस्कृति जोगाऔं भनेर गरेको प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याउन माग गरे । उनले भाग्यमा भन्दा पनि कर्ममा विश्वास गरेर अगाडि बढ्न सबैमा आग्रह गरे ।
कार्यक्रममा गुरुङ कलाकार संघ गण्डकी प्रदेश समिति अध्यक्ष गुरुङले लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गुरुङ भाषको एकल गायन प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनले कलाकार कल्याणकारी कोष खडा गर्न लागेको बताए । गुरुङ कलाकार संघका उपाध्यक्ष माया गुरुङ, महासचिव टसबहादुर गुरुङले स्मारिका प्रकासनदेखि रोधी साँझ सञ्चालन गर्ने योजना सुनाए ।
समारोहमा ओम गुरुङ, ममता गुरुङ, नेत्र गुरुङ, सुनिमा गुरुङ, पवित्रा गुरुङ लगायतका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा गुरुङ कलाकार संघका कलाकारले नौमति बाजासहित विविध साँस्कृतिक कार्यक्रम देखाएका छन् । कार्यक्रमका गुरुङ कलाकारलाई आजीवन तथा साधारण सदस्यता वितरण गरिएको छ ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया