रास्वपा पोखरा १६ को अधिवेशन तयारी

समाधान संवाददाता २०८० पुष २४ गते १२:४१

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरका वडाहरुमा अधिवेशनलाई तिव्रता दिएको छ । कास्कीमा पनि केही वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएका छन् । केही वडामा तयारी सुरु गरिएको छ । रास्वपा पोखरा १६ ले पनि अधिवेशनको तयारी सुरु गरेको सभापति केशव बस्नेतले जानकारी दिए ।

Advertisement


वडा अधिवेशनको तयारीका विषयमा सोमबार भएको छलफलमा पार्टीका कास्की संयोजक रुक्मांगत भण्डारीले पार्टीको ऐतिहासिक अधिवेशनको जानकारी गराँउदै, पार्टीको संरचना, वडा तहको निर्वाचन प्रणाली, प्रतिनिधिको सहभागिता लगायत विषयमा जानकारी दिए ।


वडा अधिवेशनले पार्टीको अभियानलाई थप मजबुत र सशक्त बनाउने बताउँदै, यसले जनताको आकर्षण बढ्ने स्पष्ट पारे । छलफलमा स्वतन्त्र पार्टीका नेताहरु दुर्गा रञ्जित श्रेष्ठ, शोभा कायस्थ, नारायण आचार्य, अरविन तुलाचन, जीवनबहादुर बस्नेत लगायतले पार्टीले अगाडि सारेको योजनाको विषयमा जानकारी गराएका थिए ।


पुस २८ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने र अधिवेशनले आगामी ५ वर्षका लागी नयाँसमिति चयन गर्ने सचिव विश्वबन्धु थापाले जानकारी दिए । वडा समितिमा सभापति र सदस्यको निर्वाचन हुने व्यवस्था पार्टीमा रहेको बताइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया