सेभेनलेक सहकारी उत्पादनतर्फ

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको सेभेनलेक कृषि सहकारी संस्थालाई कृषि उत्पादनतर्फ अग्रसर हुन सुल्झाएको छ ।
सस्थाको नवौं वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले सहकारीको पछाडि कृषि जोड्ने तर कृषिका कार्यक्रममार्फत कसरी सेयर सदस्यको जीवनस्तर उकास्न सकिन्छ भन्नेबारेमा सहकारीले नीतिगत रुपमा नै कार्ययोजना ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
सेयर सदस्यहरुले अबको सम्भावना भनेकै कृषि भएकाले युवाहरुलाई स्वदेशमा नै केही गर्ने वातावरण सृजना गर्नका लागि ठाउँ विशेष र सम्भावनालाई हेरेर सहकारीले पशुपालन, तरकारी वा माछापालन कुनलाई प्रथामिकता दिने हो सोही अनुरुप योजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव राखेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी विभागका प्रमुख रविरमण तिवारीले अबका दिनमा सहकारीहरुले आफूलाई बचाई राख्न पनि एक सहकारी एक उत्पादन अनिवार्य भएको धारणा राखे । ‘सहकारीले पैसा बेचेर आम्दानी गर्नुभन्दा पनि सेवा र वस्तु बेचेर सेयर सदस्यहरुलाई आय आम्दानीमा जोड्नुपर्छ,’ उनले भने ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २६ का वडासदस्य सुदीपराज ढुंगाना, वडा नम्बर २९ का वडासदस्य कालिदास पोखरेल, संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद अधिकारी, लेखा समितिका संयोजक राजु अधिकारी र सल्लाहकार टीकाराम पंगेनी लगायतले सहकारीले आगामी दिनमा कृषिलाई टेकेर नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका थिए ।
संस्थाका उपाध्यक्ष कुशराज तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुविन तिमिल्सेनाले गरेका थिए । स्वागत मन्तव्य शिक्षा उपसमितिका संयोजक विश्वनाथ ढुंगानाले गरेका थिए ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया