एनप्याब्सनले सरुभक्त र जर्ज जोनलाई सम्मान गर्ने

पोखरा ।
नेसनल प्याब्सन कास्कीले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने भएको छ । एनप्याब्सन कास्कीको मंगलबार बसेको बैठकले साहित्यिक क्षेत्रमा योगदान पुर्याएका सरुभक्त र शिक्षा क्षेत्रमा योगदान पुर्याएका जर्ज जोनलाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
उनीहरुलाई यही पुस २७ गते २५ औं स्थापना दिवसको अवसरमा शिक्षा सेवा सम्मान २०८० बाट सम्मान गरिने एनप्याबसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकाजी गुरुङले जानकारी दिए ।
स्थापना दिवसकै अवसरमा २०७९ मा एसइई र एसएलसीमा एनप्याब्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट अंक ल्याउने छात्र र छात्रलाई पुरस्कृत गरिने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष महत्वपूर्ण स्थानमा सहयोग गर्दै आएको एनप्याब्सन कास्कीले यस वर्ष पोखरा १ वगरमा रहेको संस्कृति माविमा १ लाखको अक्षयकोष खडा गर्ने भएको छ ।
त्यस अवसरमा एनप्याब्सनका पूर्व अध्यक्षहरुलाई सम्मान गर्ने कार्यक्रमसमेत तय छ ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया