‘लेकसाइडमा व्यापार, व्यवसाय २४ सै घन्टा दिनू’

पोखरा ।
लेकसाइडका होटल २४ सै घन्टा खोल्न दिन उच्च अदालत पोखराले अन्तिम आदेश दिएको छ । उच्च अदालत पोखराका न्यायाधीशद्वय मिलनकुमार राई र अमृतबहादुर बस्नेतको संयुक्त इजालासले लेकसाडको व्यापार, व्यवासायलाई २४ सै घण्टा खोल्न अन्तिम आदेश दिएको हो ।
राति लेकसाइडमा कानुन विपरीतका कार्य भएको अवस्थाबाहेक व्यापार, व्यवसाय खोल्न दिइने आदेशमा उल्लेख छ ।
आदेशमा भनिएको छ, ‘कानुन बमोजिम सञ्चालन भएको व्यापार, व्यवसाय नरोक्नू ।’ गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं. २५ मा ठमेल, दरवारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरुमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिनेछ भन्ने व्यवस्था भएको भन्दै देवीकुमारी बरालले अन्तरिम आदेश समेतको माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर निवेदन दिएकी थिइन् ।
निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला र दिनेश आचार्यले मंगलबार बहस गरेका थिए । सरकारी उच्च सरकारी वकिलको कार्यालयले खोल्न नहुने पक्षमा बहस गरेको थियो । गएको कात्तिक २२ गते न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले अन्तिम निर्णय नहुञ्जेलसम्मका लागि कानुन विपरीतका कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानु बमोजिम व्यापार, व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
त्यस बेला अदालतले यसमा के कसो भएको हो, निवेदकको माग अनुसारको आदेश किन जारी हुनु नपर्ने हो हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना तामेल भएको मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षीहरुका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत, लिखित जवाफ पेस गर्न भनेको थियो ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया