गण्डकी प्रदेशमा एथलेटिक्स संघ

समाधान संवाददाता २०८० पुष २५ गते १२:१७

पोखरा ।
गण्डकी प्रदेश एथलेटिक्स संघ तदर्थ समिति अध्यक्षमा हरि बरुवाल सर्वसम्मत भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा भएको भेलाले १५ सदस्यीय कार्यसमिति चुनेको हो ।

Advertisement


संघको उपाध्यक्षद्वयमा तोरणबहादुर बानियाँ र इन्द्रा मल्ल, महासचिव मानबहादुर थापा, सचिव अरुण गुरुङ र कोषाध्यक्षमा शिरोमणि थापा छन् । कार्यसमिति सदस्यमा ललितकुमार गुरुङ (नवलपुर), ईन्द्र पाठक (बागलुङ), विनोदकुमार घर्ती (म्याग्दी), जगदीश कुँवर (पर्वत), रत्नबहादुर गुरुङ (स्याङ्जा) र विजय खनाल (तनहुँ) छन् ।


भेलामा प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले सफल र सामूहिक नेतृत्वले मात्रै खेलकुदको विकासमा योगदान गर्ने सक्ने जनाए । नवनिर्वाचति अध्यक्ष बरुवालले खेलाडीहरुको हित र एथलेटिक्स खेलको विकासमा कार्यसमिति दत्तचित्त भएर लाग्ने प्रतिवद्धता गरे ।

Advertisement

तपाईको प्रतिक्रिया