रोटरीको राइलामा ४५ जना सहभागी हुने

समाधान संवाददाता २०८० पुष २५ गते १२:४५

पोखरा ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत कास्कीमा रोटरी युथ लिडरसिप अवार्ड (राइला) हुँदै छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत लेवाडेमा यही जनवरी ११ देखि १४ (पुस २६ देखि २९) सम्म हुने सो कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । १६ देखि २० वर्ष उमेर समूहकाले भाग लिन पाउने उक्त कार्यक्रम विशेषगरी नेतृत्व कौशल विकासका लागि महत्वपूर्ण मानिन्छ ।

Advertisement


सुन्दर, मनोरम स्थान लेवाडेमा प्रकृतिसँग रमाउँदै ४ दिनसम्म हुने सो कार्यक्रम रोटरीका विभिन्न कार्यक्रममध्ये महत्वपूर्ण रुपमा लिने गरिन्छ । कार्यक्रमका लागि हालसम्म ४५ जनाको रजिस्ट्रेसन भएको डिस्ट्रिक्टको राइला को–चेयर एवं कार्यक्रम संयोजक राजेन्द्र लिगलले बताए ।


डिस्ट्रिक्टले हरेक वर्ष आयोजना गर्दै आएको राइला कास्कीमा लामो समयपछि हुन लागेको हो । जसमा कास्कीका ९ वटै रोटरी क्लबसहित १७ होस्ट र १० को–होस्ट छन् ।

Advertisement


डिस्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइराला राइला रोटरीको अभिन्न अंग रहेको बताउँछन् । उनले युवामा निहित प्रतिभा प्रस्फुटन र उनीहरुमा नेतृत्व क्षमता विकासका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुने बताए ।


गत वर्ष गोरखा र काठमाडौंमा यसप्रकारको कार्यक्रम भएको थियो । सहभागीको क्षमता र सिकाइ आधारमा अवार्ड प्रदान गरिनेछ । कार्यक्रमको उद्घाटन डिष्ट्रिक्ट गभर्नर राजेन्द्र ध्वजुले गर्ने रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया