नियममा रहेर नदीजन्य पदार्थ उत्खनन गर्न आग्रह

पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले पहिलोपटक नदी तथा खानीजन्य पदार्थ सम्बन्धी अन्तक्र्रिया मंगलबार सम्पन्न गरेको छ । कार्यक्रममा नदी तथा खानीजन्य पदार्थको उत्खनन सम्बन्धी जिल्ला अनुगमन समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले राज्यका नीति नियमभित्र रहेर नदी तथा खानीजन्य पदार्थको उत्खनन गर्न आग्रह गरे ।
कतिपय स्थानमा लापरबाहीपूर्वक गरिएका उत्खननले विकास निर्माण ध्वस्त पारेको, खतरा उन्मुख रहेको पाइएको हुँदा सोप्रति सचेत हुन स्थानीय सरोकारवालासहित व्यवसायीहरूलाई आग्रह गरे । व्यवसायीहरू विकासका बहाक र सहयात्रीसमेत भएको भन्दै बनेका विकास आयोजनाको संरक्षण र प्राकृतिक स्रोतहरूको समेत मैत्रीपूर्ण प्रयोगमा कुनै गल्ती नगर्न स्थानीय तहहरूलाई आग्रह गरे ।
पौडेलले कास्कीका अधिकांश खानी जन्य उधोग मापदण्ड विपरीत सञ्चालन भएको आफूहरूको अनुगमनले भेट्टाएको भन्दै व्यवस्थित वातावरण निर्माणका लागि वार्षिक कार्ययोजना अनुसार उक्त अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।
प्रमुख पौडेलले सरकारका अंग, नागरिक, व्यवसायीहरूको सहकार्यले मात्रै कानुनी राज्यको अनुभूति हुने हुँदा कुनै पनि विकासका लागि आवश्यक सुशासन निर्माणमा घनीभुत तवरले लागि पर्न आग्रह गरे ।
पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले राज्यका कानुन र नीति नियमको पूर्ण पालनासहित कठिनाइहरूको निराकरण गर्नुपर्ने भन्दै प्रकृतिमैत्री विकासमा पोखरा महानगर प्रतिबद्ध रहेको उल्लेख गरे ।
कानुनी मापदण्ड पालना नगरेको पाइएमा त्यो क्षम्य नहुने
कार्यक्रम नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन सम्बन्धी जिल्ला अनुगमन समिति कास्कीका सह–संयोजक कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले प्राकृतिक स्रोतको संरक्षणात्मक उपयोगमा ध्यान दिँदै विकास निर्माणका कार्य सञ्चालन गर्नुपर्ने भन्दै कुनै पनि नागरिकले राज्यका कानुन र नियम मान्दिन भन्न नपाइने र कानुनी मापदण्ड पालना नगरेको पाइएमा त्यो क्षम्य नहुने बताए ।
राज्यलाई राजस्व तथा कर तिरेर मात्रै वैधानिकता प्राप्त नहुने भन्दै राज्यले समय परिस्थिति अनुसार हरेक क्षेत्रमा मापदण्ड तोक्ने हुँदा सोको पूर्ण पालनाको विकल्प नभएको उल्लेख गरे । उनले निकट भविष्यमा हुने अनुगमनमा मापदण्ड पालना नगरेको पाइएमा तत स्थानमै तत्काल कारबाही हुने उल्लेख गरे ।
कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले गैर कानुनि उत्खनन र निकासी नियन्त्रणमा आफ्नो संयन्त्र प्रभावकारी तवरले सञ्चालन भएको भन्दै कुनै अवैध कार्य भेटिएमा तत्काल सूचना दिन आग्रह गरे । क्रशर उध्योग व्यवसायी महासंघ गण्डकीका अध्यक्ष लीलाधर बरालले वैधानिक नदी र खानीजन्य व्यवसायीले ८ वर्षदेखि डोजर नचलाएको बताए । त्यस्तो पाइए ठाडो कारबाही गर्न उनले आग्रह गरे ।
जिल्ला समन्वय अधिकारी नवराज बरालले अहिलेको मापदण्ड अनुसार कास्कीका कुनै पनि क्रसर उद्योग सञ्चालन नभएको जनाए । बरालले अबधानिक र अप्राकृतिक उत्खनन तत्काल रोक्न आग्रह गरे ।
कार्यक्रममा कास्कीका उप प्रमुख सरिता मालसहित नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन सम्बन्धी जिल्ला अनुगमन समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख, एक्याप, व्यवसायी र सरोकारवालाहरूले सो क्षेत्रलाई व्यवस्थित गराउने बारेमा आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन सम्बन्धी जिल्ला अनुगमन समिति कास्कीका संयोजक लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया