एमाले कास्की अधिवेशन चैतमा

समाधान संवाददाता २०८० पुष २६ गते १०:४१

पोखरा ।
नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको ११ औं अधिवेशनको मिति चैतमा तय गरिएको छ । जिल्ला कमिटी कास्कीको बुधबार बसेको ११ औं पूर्ण बैठकले २०८० चैतको १० र ११ गते अधिवेशनको मिति तय गरेको जिल्ला कमिटी कास्कीका सचिव बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।

Advertisement


जिल्ला कमिटी कास्कीको सचिवालयले गरेको अधिवेशनको निर्णयलाई बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । सचिवालयको निर्णयका अतिरिक्त एजेन्डासहित बसेको जिल्ला कमिटीको बैठकले सबै पालिका तथा इलाका कमिटीको अधिवेशन २०८० चैत्र मसान्तभित्र गर्न मातहतका कमिटीलाई निर्देशन गरेको प्रचार तथा प्रकाशन विभागका प्रमुख दर्शन लामाले जानकारी दिए ।


‘बैठकले कास्कीका ५ पालिकाका वडा अधिवेशनहरु २०८१ जेष्ठ मसान्तसम्म गर्ने मातहतको कमिटी परिपत्र गरेको छ,’ उनले भने, ‘अधिवेशनको सन्दर्भमा सबै पालिका तथा बुद्धिजीवी विशेष, मजदूर तथा विद्यार्थी इलाका कमिटिको बैठक २०८० माघ पहिलो हप्ताभित्र बसी आवश्यक तयारी गर्न अनुरोध गरिएको छ ।’ बैठकले २०८१ को पार्टी सदस्यता २०८० फागुन महिना भित्र नविकरण गर्न मातहतका कमिटीलाई निर्देशन गरेको छ । सोही क्रममा नयाँ सदस्यता वितरण कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ ।


जिल्ला कमिटी कास्कीका उपसचिव समेत रहेका लामाले पार्टीले जिल्ला, पालिका तथा वडा स्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको बताए । एमाले कास्कीले २० माघ २०८०मा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । पालिका स्तरको प्रशिक्षण २०८० माघ मसान्तसम्म र वडा स्तरीय को प्रशिक्षण २०८० फागुन १५ सम्ममा सम्पन्न गर्ने निर्णय गरेको उपसचिव लामाले बताए ।


एमाले कास्कीले स्थानीय तहको संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुको प्रशिक्षण २०८० माघ मसान्तसम्म गर्ने निर्णय समेत गरेको छ । पार्टीको प्रचार प्रसारको कामलाई व्यवस्थित गर्न कार्यशाला गोष्ठी प्रशिक्षण गर्ने निर्णय गरेको उपसचिव लामाले जनाए ।

Advertisement


कार्यक्रममा पार्टीका स्थायी कमिटीका सदस्य थममाया थापा, पोलिटब्युरो सदस्य जगत विश्वकर्मा, केन्द्रीय सदस्यहरु कृष्ण थापा, भीम कार्की, राजीव पहारी र बालासिंह काउछामगर, गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले निर्देशनात्मक भनाइ राखेका थिए । जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षत्रीले बोलेका थिए ।

तपाईको प्रतिक्रिया