प्रदेश पौडी संघमा अनन्द

समाधान संवाददाता २०८० पुष २६ गते ११:३१

पोखरा ।
गण्डकी प्रदेश पौडी संघ तदर्थ समिति अध्यक्षमा आनन्द कुँवर सर्वसम्मत भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा बुधबार पोखरामा भएको भेलाले १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

Advertisement


नवनिर्वाचित अध्यक्ष कुँवर प्रशिक्षकसमेत हुन् । समितिको उपाध्यक्षमा कृष्णभक्त आचार्य, सचिव अनिल थापा र कोषाध्यक्षमा बबिता केसी कार्की छन् । कार्यसमिति सदस्यमा जीवन रेग्मी, सूर्यबहादुर सिग्देल, विष्णुप्रसाद पहारी, अर्जुन नेपाली, अमृत खड्का, रुबी तामाङ, महेन्द्र भुजेल, धर्मेन्द गिरी र राजेन्द्र अधिकारी छन् ।


कार्यक्रममा परिषदका सदस्य सचिव श्रीधर शर्माले गण्डकी प्रदेशको पौडी खेलको विकास र खेलाडी उत्पादनमा नवगठित कार्यसमिति सफल हुनेमा आफू विश्वस्त रहेको बताए । उनले प्रदेशका सबै जिल्लालाई जोडेर पूर्वाधार निर्माणमा लाग्न आग्रह गरे ।

Advertisement

तपाईको प्रतिक्रिया