कांग्रेस कास्कीका कोषाध्यक्ष माइकल कर्माचार्यलाई मातृशोक

समाधान संवाददाता २०८० पुष २६ गते १६:४३

पोखरा ।

Advertisement

नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष एवं उद्योगपति माइकल कर्माचार्यलाई मातृशोक परेको छ । उनकी ७० वर्षीय आमा लक्ष्मी सुन्दरी कर्माचार्यको भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन हाे ।

लामो समयदेखि मृगौला रोगबाट ग्रसित भएपनि पछिल्लो समयमा भने हृदयघातका कारण मृत्यु भएको पारिवारीक स्राेतले जनाएको छ । कर्माचार्यको पार्थिव शरीर बिहीबार नेपाल ल्याइने र शुक्रबार बिहान रामघाटमा अन्त्येष्टि गरिने पारिवारीक स्राेतले बताएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया