‘संविधान विराेधि गतिविधि गर्नेलाई कारबाही गर्नुपर्छ’

पाेखरा ।
गणतन्त्र र संघीयतामाथि निरन्तर प्रहार भइरहेकाले सरकार गम्भीर हुनुपर्ने सत्ता गठन्धन र प्रमुख प्रतिपक्ष दलकै नेताहरुले बोल्दै आएका छन् । पुस २७ गते पोखरामा भएको नेपालको संविधान र कार्यान्वयनको चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख तीन दलका नेताहरुले एउटै स्वर बोेलेका छन् ।
टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठान काठमाडौँ, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सयपत्री समाजको आयोजनामा नेपालको संविधान र कार्यान्वयनको चुनौती विषयक अन्तरक्रिया पोखरामा प्रमुख तीन दलका नेताहरुले गणतन्त्र विरोधी आवाज उठेकाले सबै दल एक जुट भएर सामना गर्नुपर्ने जोड दिएका छन् ।
कार्यक्रममा नेताहरुले पछिल्लो घटनाक्रमले गणतन्त्र खतरामा परेकाले सरकारलाई यस्ता गतिविधिमा निगरानी बढाउन आग्रह गरेका छन् । नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले सरकारले संविधान विरोधी गतिविधि गर्ने हरुप्रति कारबाही नभएको बताएका हुन् । उनले जनताका आधारभूत कुराहरु पुरा गर्ने जिम्मेवारी सरकारको भएतापनि पुरा हुन नसक्दा यस्तो अवस्था आएको सुनाए ।
नेकपा एमाले कास्कीका अध्यक्ष मान बहादुर गुरुङले निर्वाचन प्रणाली समानुपातिक भएर संविधान कार्यान्वयन गर्न चुनौती भएको बताए । उनले अहिलेको अवस्थामा संविधान नचलाउनुनै उचित हुने सुनाए । त्यस्तै माओवादीको तर्फबाट बिनय थापाले नेपालको संविधान पहिलो पटक नेपालको सार्वभौम जनताले जारी गरेको संविधान रहेको बताए । उनले सविधान भनेको समय र आवश्यकता अनुरुप बदलिदै जाने प्रतिवधर्ता जाहेर गरे । उनले सबै पार्टीहरु तथा नागरिक समाजले साझा राष्ट्रप्रति एउटै धारणा राखेर आगाडि बढ्नु आवश्यक रहेको सुनाए ।
कार्यक्रममा टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष तथा इन्सेकका संस्थापक अध्यक्ष सुशिल प्याकुरेलले नेपालको संविधानको कार्यान्वयन र चुनौतीको विषयमा प्रस्तुती गरे । उनले नेपाल लोकतान्त्रिक गणतन्त्र मुलुक रहेकोले नागरिकले धेरै अधिकारहरु पाएको बताए । तर राज्यप्रणाली निकै कमजोर हुदाँ संविधान कार्यान्वयनको पाटो अझै पनि आम जनताले चाहे अनुरुप बन्न नसकेको सुनाए । उनले बाह्य हस्तक्षेपले गर्दा नेपालको सविधान खतरामा रहेको बताउदै आम नागरिक एक ठाउँमा आएर सरकारलाई झक्झक्याएर राजनिति सच्याउनु पर्ने बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार लेखक तथा समीक्षक कनकमणि दिक्षितले बाह्य हस्तक्षेपले नेपालको संविधान तथा लोकतन्त्रमाथि धावा बोल्दै गर्दा नेपालको सार्वभौमिकता खतरामा रहेको सुनाए । उनले नेपालको राजनिति ओरालो लाग्दो भएपनि नेपाल अरु मुलुक भन्दा स्वतन्त्र र जनताले स्वतन्त्रतापूर्वक बोल्न पाउने देश भने नेपालनै रहेको बताए ।
उनले नेपालको हरेक गतिविधिहरुमा बाह्य देशको हस्तक्षेपले नेपालको लागि खतरा भएको बताए । उनले संविधान कार्यान्वयनको मुख्य चुनौती भनेकोनै संविधान खारेज हुने अवस्था आउन सक्नु रहेको सुनाए । कार्यक्रममा प्राध्यापक विश्वकल्याण पराजुलीले नेपाल दुई ठुला देशहरुको बिचमा परेर संकटमा परेको सुनाए । देशमा समावेशी नाममा मात्र सिमित रहेकोले यसको सहि ठाउँमा प्रयोग नभएकोले समस्या भएको उनको भनाइ थियो । कार्यक्रममा राजनितिक पार्टीका प्रतिनिधिहरु नागरिक समाजमा प्रतिनिधिहरुले आ—आफ्नो धारण राख्नुभएका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया