रेडक्रस बाँगेफड्के उपशाखाको पाँचाैं अधिवेशन

समाधान संवाददाता २०८० पुष २९ गते ९:२०

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी भाटखोला बाँगेफड्के उपशाखा फेदीखोला स्याङजाको १८ औं वार्षिक साधारण सभा एवं पाँचौं अधिवेशन सम्पन्न भएको छ ।

Advertisement


अधिवेशनले रेशमलाल रानाभाटको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपसभापति रामकुमारी गुरुङ, सचिव शिवप्रसाद लामिछाने, कोषाध्यक्ष तिलबहादुर क्षेत्री, उप–सचिव मानबहादुर बिसी, उप–कोषाध्यक्ष ठकबहादुर गुरुङ निर्वाचित भएका छन् ।


यसैगरी सदस्यमा खड्गबहादुर रानाभाट, गोविन्दबहादुर रानाभाट, टेकप्रसाद लामीछाने, राजकुमार जिटी र देवी रानाभाट रहेका छन् । अधिवेशनको समुद्घाटन गर्दै फेदीखोला गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङले रेडक्रसमा आवद्ध सबै सदस्यलाई धन्यवाद दिँदै पालिकाकातर्फबाट सक्दो सहयोग गर्ने बताइन् ।

Advertisement


सभामा जिल्ला शाखा सभापति एवं केन्द्रीय सदस्य दिनेश अर्याल, वडा नम्बर ३ का वडाध्यक्ष कृष्णबहादुर रानाभाट, प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल पौडेल, निवर्तमान सभापति मिनबहादुर रानाभाटले शुभकामना मन्तव्य राखेका थिए ।


निर्वाचन कार्यक्रममा जिल्ला शाखाका उप–कोषाध्यक्ष अर्जुन पौडेल र सदस्य पुष्पराज बरालले सहजीकरण गरेका थिए । उपशाखा उप–सभापति रामकुमारी गुरुङले स्वागत र सचिव रेशमलाल रानाभाटले सञ्चालन गरेको सभा उपशाखा सभापति ज्ञानबहादुर रानाभाटको सभापतित्वमा सम्पन्न भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया