लागूपदार्थ दुव्र्यसनविरुद्ध सेन्ट्रल गार्डनकाे सचेतना

पोखरा ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले सामुदायिक विद्यालयतर्फ माध्यमिक तहका विद्यार्थी लक्षित लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
माछापुच्छे« गाउँपालिकामा अवस्थित गौरीशंकर मनिलाल माध्यमिक विद्यालयमा आयोजना गरिएको सचेतनामा ९० जना विद्यार्थीको सहभागिता थियो ।
कार्यक्रमका सभापति पूर्व अध्यक्ष असफल गौतमले विद्यालय पुस्तकालयका लागि क्लबकातर्फबाट ८ हजार बराबरको पुस्तक हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । उनले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पुस्तक किन्न पनि नस्कने अवस्थामा ज्ञानमुलक पुस्तकका लागि आर्थिक जोहो अर्को समस्या हुने भएकाले क्लबको वार्षिक कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रम आयोजना हुने हरेक विद्यालयमा यसरी पुस्तक हस्तान्तरण गर्दै आएका बताए ।
क्लबको कार्यक्रमको प्रशंसा गर्दै विद्यालयका प्रधानाध्यापक रक्षबहादुर क्षत्रीले यस्ता कार्यक्रमले बढ्दो उमेरका भाइबहिनीलाई सही–गलत बाटो छुट्याउन अगाडि बढ्न महत्वपूर्ण योगदान दिने बताए । कार्यक्रमका प्रमुख सहजकर्ता ओम गुरुङले विशेष गरेर किशोर अवस्थामा लागूपदार्थ दुव्र्यसनका घटना धेरै भएकाले त्यसतर्फ व्यक्ति, परिवार र समुदाय सचेत हुन आवश्यक रहेको धारणा राखे ।
नौलो घुम्ती नेपालका एकीकृत सामुदायिक विकास परियोजन अधिकृत महेश विश्वकर्मा सामुदायिक विद्यालय लक्षित गरी क्लबले आयोजना गरेका यस्ता कार्यक्रम धेरै भन्दा धेरै हुन आवश्यक रहेको बताए ।
कार्यक्रम संयोजक वर्ष २३/२४ का अध्यक्ष तुल रानाभाटले कार्यक्रम सफल पार्न प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया