भलाममा नयाँ खानेपानी आयोजना

पोखरा ।
गण्डकी प्रदेशकी ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले जनतालाई खानेपानी सुविधा पुर्याउने लक्ष्यका साथ प्रदेश सरकारले एक घर, एक धारा अभियानलाई निरन्तरता दिँदै आएको जनाएकी छन् । पोखरा २० भलाम खोरस्थित इक्राघारी विचारी खानेपानी आयोजनाको शनिबार उद्घाटन गर्दै उनले शुद्ध खानेपानी जनताको नैसर्गिक अधिकारलाई प्रभावकारी कार्यान्वयमा सरकार प्रतिवद्ध रहेको जनाइन् ।
प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी उनले गण्डकी प्रदेशमा गुणस्तरीय खानेपानी पु¥याउन २२ अर्ब रुपैयाँ आवश्यक पर्ने उल्लेख गर्दै उनले त्यसका लागि तीनै तहका सरकार जिम्मेवार भएर अघि बढ्नुको विकल्प नभएको जनाइन् । प्रदेश सरकारले १० लाखभन्दा कमका योजनालाई प्राथमिकता नदिने निर्णय गरेको जनाउँदै मन्त्री अर्यालले थपिन्, ‘योजनाको सफलताका लागि स्थानीय उपभोक्ताको महत्वपूर्ण भूमिका रहन्छ ।’
प्रदेश सभा सदस्य विन्दुकुमार थापाले जनताको आवश्यकताका आधारमा समग्र विकास निर्माणमा जुटेर प्रदेश सरकारको औचित्य पुष्टि गर्नुपर्ने जनाए । पोखरा २० को सडक, खानेपानी, स्वास्थ्य एवम् स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले १६ करोड लगानी गरेको उनी बताउँछन् ।
सवा करोड लागतमा तयार भएको इक्राघारी विचारी खानेपानी आयोजनाबाट साढे ४ सयलाई खानेपानी
पोखरा २० का वडाध्यक्ष गंगाबहादुर खत्रीले विकास, निर्माणमा स्थानीयको सहभागिता प्रभावकारी हुनुपर्नेमा जोड दिए । गण्डकी प्रदेश सरकारको १ करोड ८ लाख ४८ हजार र १० लाख ८४ हजार ८ सय स्थानीय जनश्रम परिचालन गरी १ करोड १९ लाख ३२ हजार ८ सय लागतमा सो खानेपानी आयोजना निर्माण भएको खानेपानी डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
आर्थिक वर्ष २०७७/०७८ निर्माण सुरु गरिएको उक्त आयोजना निर्माण सम्पन्न भएसँगै ९० घरका ४ सय ५० उपभोक्तालाई खानेपानीको सुविधा पुगेको ईक्राघारी विचारी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिए । बस्ती नजिकैको जंगलबाट ल्याइएको पानी ५० हजार र ३०/३० लिटर क्षेमताका ३ टंकीमा संकलन गरिएको पानी उपभोक्ताका घरघरमा वितरणको व्यवस्था मिलाइएको छ । कार्यक्रममा आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा खानेपानी संकलन टंकी निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता र निर्माण कार्यमा सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको छ । कार्यक्रममा उपभोक्ता समितिका सचिव प्रजापति पौडेल, कोषाध्यक्ष माया जिसी, संगिता भण्डारी लगायतले बोलेका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया