स्वास्थ्य स्वयंसेवीको भेला

पोखरा ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)सँग आवद्ध नेपाल स्वास्थ्य स्वयंसेवी संघ कास्कीको प्रथम जिल्ला भेला भएको छ । भेलाले अध्यक्ष लक्ष्मी तिमिल्सिनाको नेतृत्वमा १५ सदस्यीय कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा बुद्धिमाया दाहाल, सचिव शिला गिरी, आर्थिक सचिव शर्मिला नेपाल छन् ।सदस्यमा मञ्जुकुमारी पौडेल, शोभा सुवेदी, गीता भट्टराई भण्डारी, माया पोखरेल, मधु पोखरेल, गोमा सोती, रमादेवी आचार्य, बविता भुजेल र बेलकुमारी न्यौपाने छन् ।
भेलामा संघका केन्द्रीय अध्यक्ष गीता थिङले २०४५ सालदेखि कार्यरत स्वास्थ्य स्वयंसेवीका न्यूनतम मागलाई सरकारले पूरा नगरेको बताइन् । उनले २०६४ सालदेखि संघर्ष समिति निर्माण गरेर सिंहदरबार घेराउसम्मको आन्दोलन गर्दासमेत सरकारले नसुनेको गुनासो गरिन् । उनले विना बर्दीको चिकित्सक भन्ने तर दिनुपर्ने सेवा सुविधा नदिइएको बताइन् ।
थिङले स्वास्थ्य महामारीमा खटिएका स्वयंसेवीलाई बिदाईको बेलामा २० हजार दिन समेत आनाकानी गरेको दाबी गरिन् । ‘स्वास्थ्य स्वयंसेवीको मागलाई सम्बोधन नगरेपछि हामीले संगठन बनाएका छौं,’ उनले भनिन्, ‘सदस्य सचेत र संगठन बलियो भए माग पूरा गर्न सकिन्छ ।’
उनले २०६६ सालदेखि जिफन्टले संगठित गरेर बाटो देखाएको जानकारी दिइन् । उनले स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य हासिल गर्न स्वास्थ्य स्वयंसेवीको भूमिका रहेको उल्लेख गरिन् ।
जिफन्ट राष्ट्रिय कमिटी सदस्य पहारीले हरेक क्षेत्रमा महिलाको दोहोरी तेहेरो जिम्मेवारी भएको कारण नेतृत्व विकास हुन नसकेको बताइन् । जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्नका लागि दबाबमूलक कार्यक्रम गर्न सुझाव दिए । उनले सबै श्रमिक सचेत र संगठित भएर लागेमा माग पूरा गर्न सकिने उल्लेख गरे ।
कार्यक्रममा नेपाल स्वास्थ्य स्वयंसेवी संघका केन्द्रीय सदस्य भवानी अधिकारी, गण्डकी प्रदेश अध्यक्ष भीमा खड्का क्षत्री, जिफन्ट गण्डकी प्रदेश कमिटी सहसचिव संगीता पाण्डे, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अध्यक्ष विष्णुबहादुर केसी लगायतले स्वास्थ्य स्वयंसेवीका समस्याबारे बोलेका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया