रेडक्रस उपशाखा पोखरा २७ को सभा

लेखनाथ ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति दण्डपाणि पौडेलले रेडक्रसका ७ सिद्धान्तलाई आत्मसात गर्दै रेडक्रसको अभियानलाई ग्रामीण तहसम्म पुर्याउनुपर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी अर्घौं उपशाखा पोखरा २७ को २६ औं वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै सभापति पौडेलले मानव सेवा गर्ने विभिन्न तौरतरिका भए पनि रेडक्रसले तत्काल उद्धार गरी ठूलो घटना हुनबाट बचाउँदै आएको जनाए ।
नेपाल रेडक्रस सोसाइटी अर्घौं उपाशाखा पोखरा २७ का सभापति तिलकशाली सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २६ का वडा सदस्य सुदीपराज ढुंगाना, जिल्ला शाखाका उपमन्त्री रमा न्यौपाने, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका अधिकारी, आजीवन सदस्य भानुभक्त लामिछाने, विशिष्ठ सदस्य कृष्णप्रसाद तिमिल्सेना, सल्लाहकार प्रकाशलाल श्रेष्ठ, उपशाखाका सचिव गोपालमणि लामिछाने र उपसभापति नारायण भट्टराईले बोलेका थिए ।








वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया