ढाकाको नेतृत्वमा तालबाराही सेवा समिति

समाधान संवाददाता २०८० पुष २९ गते १२:०२

पोखरा ।
माता तालबाराही सेवा समिति पोखरा ६ बैदामको अध्यक्षमा ढाकाबहादुर थापा चयन भएमा छन् । शनिबार भएको संस्थाको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

Advertisement


उपाध्यक्षमा जूना अधिकारी, सचिव महेश्वर पहारी र कोषाध्यक्षमा मदनराज न्यौपाने छन् ।सदस्यमा ज्ञानबहादुर कार्की, कमला बज्राचार्य, पुष्ष पहारी, नानी कोइराला, हिरु पुन, गोकर्ण अधिकारी, दीनदयाल पाण्डे, रामकृष्ण अर्याल र गुरुदत्त कोइराला छन् । बाँकी २ सदस्यपछि चयन गरिनेछ ।


अधिवक्ता भगवती पहारी संयोजक र गणेश पहारी र अनिल थापा सदस्य रहेको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि सहजीकरण गरेको थियो । कार्यक्रममा दामोदर बैरागीले पोखरा धार्मिक स्थल र पर्यटकीय गन्तव्यहरुले भरिभराउ भएको बताए । प्रदेश सांसद प्रकाश बराल र पूर्व सांसद राजीव पहारीले सन्धाकालीन आतीले पोखरामा पर्यटकको बसाइँ लम्बाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

Advertisement


संस्थाका अध्यक्ष मंगलबहादुर नेपालीले आरतीलाई भव्य र व्यवस्थित गर्न सकेमात्र अझै आरतीको महत्व बढ्ने बताए । नवनिर्वाचित अध्यक्ष थापाले अग्रजको राय, सुझावमा पर्यटककीय संस्थासँग हातेमालो गर्दै अगाडि बढने प्रतिबद्धता गरे ।


कार्यक्रममा उपाध्यक्ष ढाकाबहादुर थापा, सचिव तुलसी दाहाल, पोखरा ६ का सदस्य बासु बराल, तालवाराही मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष परशुराम पहारी, फेवा ढुंगा व्यवसायी समिति उपाध्यक्ष तुलबहादुर गुरुङ, नौलो घुम्ती नेपाल अध्यक्ष बद्रीविनोद प्रतीक, निवर्तमान अध्यक्ष गिरीराज अधिकारी, कास्की रेडक्रस उपाध्यक्ष उर्मिला कार्की, कानुनी सल्लाहकार सुष्मा पौडेल, सहसचिव भेषराज अधिकारी, कोषाध्यक्ष मदनराज न्यौपाने, अन्नपूर्ण आमा समूहका अध्यक्ष रेणु लामिछाने, महिला पर्यटन मञ्च अध्यक्ष उमा भण्डारी, आरती गुरु रामकृष्ण अर्याल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया