‘वर्डक्याम्प नेपाल’ शनिबार सकियाे
पोखरा ।
पोखरामा भएको ‘वर्डक्याम्प नेपाल’को छैटौँ संस्करण शनिबार सकिएको छ । वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना गर्दै आएको छ । पछिल्लोपटक सन् २०२२ मा भरतपुरमा सफलतापूर्ण भएको यो सम्मेलन यसपटक पोखरामा गरिएको हो ।
वर्डक्याम्पमा पोखराभन्दा बाहिरका ४ सय स्वदेशी, बंगलादेश, भारत, अमेरिका, मलेसिया, युरोपियन मुलुकबाट २ सय गरी झण्डै १ हजार सहभागी रहेको वर्डक्याम्प नेपाल २०२४ का स्थानीय संयोजक निशाल गुरुङले बताए । सम्मेलनको पहिलो दिन वर्डप्रेसलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्नेबारे जानकारी एवं दोस्रो दिन मुख्य सम्मेलन भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूले वर्डप्रेस साथै सूचना प्रविधिसम्बन्धी विभिन्न विषयमा रहेर जानकारी तथा प्रशिक्षण दिएका छन् ।
सम्मेलन उद्घाटन गर्दै गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात् गर्दै अघि बढ्नु अहिलेको आवश्यकता भएको बताएका थिए ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया