प्रेस क्लब गण्डकीद्वारा ५० हजारको पुरस्कार स्थापना

समाधान संवाददाता २०८० पुष २९ गते १६:३९

पोखरा ।
प्रेस क्लब गण्डकी प्रदेशको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको बन्द सत्रले क्लबका सचिव गौरव त्रिपाठीको प्रतिवेदन र कोषाध्यक्ष राजु गिरीको आर्थिक प्रतिवेदन व्यापक छलफलपछि पारित गरेको छ । साधारणसभाले भावी कार्यक्रम पारित गर्दै क्लब दर्ता भएको दिनलाई स्थापना दिवसका रुपमा मनाउने र वार्षिक ५० हजार रुपैयाँले प्रत्येक वर्ष व्यक्ति वा संस्थालाई सम्मान गर्ने निर्णयसमेत गरेको अध्यक्ष एकराज गिरीले बताए ।

Advertisement


समाजका महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिने अध्यक्ष गिरीले बताए । पोखरा महानगरपालिका वडा नम्बर १६ को रिंजे नाशा होमस्टेमा सम्पन्न साधारणसभाको उद्घाटन प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गरे । सांसद बैरागीले सानो कमजोरीले ठूलो समस्या उत्पन्न हुने भन्दै सही र तथ्यमा आधारित समाचारले समाज परिवर्तनमा भूमिका खेल्ने बताए ।


अहिले सञ्चार कानुन निर्माणको तयारी भइरहेको बताउँदै पत्रकारमैत्री बनाउन आफनो तर्फबाट भूमिका खेल्ने बताए । उनले प्रेस क्लब गण्डकीले बहसमूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गर्न आग्रहसमेत गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्लबका सल्लाहकार सरिता पंगेनी तिमिल्सिनाले क्लबले छोटो समयमा राम्रो काम गरेको बताउँदै अझै सशक्त रुपमा समाजमा रहेका विभिन्न विषयमा बहसमूलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् ।

Advertisement


पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल, पोखरा महानगरपालिका न्यायिक समिति सदस्य कालिदास पोखरेल लगायतले प्रेस क्लब स्थापनाको औचित्य पुष्टि गरेको बताउँदै सबैलाई समेटेर अगाडि बढन आग्रह गरे । क्लबका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको उदघाटन सत्रको सञ्चालन सचिव गौरव त्रिपाठीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया