रेडक्रस पोखरा ३३ को सभा

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका ३३ उपशाखाको १९औं साधारण सभा शनिबार सम्पन्न सम्पन्न भएको छ । उपशाखाका सभापति टुकराज आचार्यको अध्यक्षतामा भएको सो साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभामा कास्की निर्वाचन क्षेत्र न २ क बाट निर्वाचित सांसद भीमबहादुर कार्कीले मानवीय सेवा रेडक्रसको मूलमर्म भएकाले रेडक्रसकर्मीहरु मानवीय पीडा कम गर्न लागि पर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका वडा नम्बर ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारीले मानवीय जोखिम कम गर्न जुनियर, युवा, महिला सबै रेडक्रसकर्मीहरु लाग्न आग्रह गरे । नेपाल रेडक्रस सोसाइटी कास्कीका जुनियर युवा समितिका संयोजक रमेशराज भण्डारी, सल्लाहकार केशरप्रसाद निर्दोषी, उपशाखाका पूर्व सभापति यज्ञप्रसाद अधिकारी लगायतले रेडक्रसका बारेमा आआफना धारणा राखेका थिए ।
रेडक्रसका सात सिद्धान्त वाचन गरिएको उक्त कार्यक्रममा उपशाखाका सभापति टुकराज भण्डारीले वार्षिक गतिविधि प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन उपशाखाका सचिव तुलसीमणि अधिकारीले गरेका थिए । सचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएका थिए । सोही अवसरमा ४ जना विशिष्ट सदस्यहरुलाई स्वागत समेत गरिएको थियो ।








चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया