शुभ सिद्धार्थ सहकारीको सभा

पोखरा ।
शुभ सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था, पोखरा ८ को १६ औं वार्षिक साधारण सभा मिति २०८० पौष २८ गते शनिवार अध्यक्ष विनोदप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । उक्त साधारण सभाबाट सहकारीका अध्यक्ष विनोदप्रसाद श्रेष्ठले प्रस्तुत गरेको आव २०७९/०८० को प्रगति प्रतिवेदन, कोषाध्यक्ष उमाकुमारी ठकुरीले प्रस्तुत गरेको आव २०७९/०८० को आर्थिक प्रतिवेदन तथा आव २०८०/०८१ को अनुमानित आय व्यय विवरण, लेखा सुपरिवेक्षण समितिका संयोजक सोमत लिगलले प्रस्तुत गरेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लाभांश वितरण अनुमोदनको प्रस्ताव पारित भयो ।
उक्त साधारण सभामा सदस्यहरु रामप्रसाद श्रेष्ठ, अम्बरबहादुर थापा, रचना प्रधान, शारदा न्यौपाने मिश्र तथा राजेन्द्र पहारीले उक्त प्रतिवेदन उपर जिज्ञासा राखी छलफलमा सहभागी भएका थिए । त्यस अवसरमा शुभकामना मन्तव्य सदस्य मदनकुमार मुल्मी र सल्लाहकार एवं सिद्धार्थ क्लबका अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले राखेका थिए । उपाध्यक्ष गणेशलाल श्रेष्ठले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम सञ्चालन सचिव सचिन श्रेष्ठले गरेका थिए ।








तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया