पोखरा फाइनान्सको सभा

समाधान संवाददाता २०८० माघ १ गते १२:०६

पोखरा ।
पोखरा फाइनान्स लिमिटेडको २७ औं वार्षिक साधारण सभा आइतबार भएको छ । वित्तीय संस्थाको अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा भएको सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आ.व. २०७९/८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका विवरणसहित अन्य प्रस्ताव छलफल गरी स्वीकृत भएका छन् ।

Advertisement


सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट निर्विरोध नियुक्त सञ्चालकहरु क्रमशः कृष्णबहादुर गुरुङ, अच्यूत पौडेल र गंगा घलेलाई संस्थाका अध्यक्ष गुरुङले पद तथा गोपनियताको सपथ गराए । सोही क्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले आगामी दिनमा वित्तीय संस्थाले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त, दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना सुनाए ।


संस्थाका अध्यक्ष गुरुङले वित्तीय संस्थाको उत्तरोत्तर विकास, प्रगति र सफलताको यात्रामा निरन्तर राय, सुझाव दिने सबैप्रति आभार प्रकट गरे ।

Advertisement

तपाईको प्रतिक्रिया