प्रतिभा माविमा उत्प्रेरणा कार्यक्रम

समाधान संवाददाता २०८० माघ १ गते १२:४०

पोखरा ।
विद्यार्थीहरूको पढाइको सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले कक्षा १०मा अध्ययनरत विद्यार्थीहरू र अभिभावकहरूसहितको उत्पे्ररणात्क कार्यक्रम सम्पन्न गर्‍यो ।

Advertisement


कार्यक्रमका प्रमुख अतिथि तथा ख्यातिप्राप्त मोटिभेसन स्पिकर डा.रविन कटुवालको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रमा कटुवालले पढाइको महत्व मानिसले बुझ्न सक्यो भने संसारमा सबैभन्दा शक्तिशाली बस्तु भनेको ज्ञान वा शिक्षा रहेको बताए ।
कुनै पनि छोराछोरी शिक्षित, संस्कारी र बौद्धिक भएनन् भने छोराछोरीमात्र नभइ बाबुआमाले पनि दुःख पाउने कुरा राख्दै शिक्षा त्यस्तो शक्तिशाली हतियार हो कि त्यो हतियार बलियो छ भने सबै व्यक्तिका अवगुणहरू गुणमा नै बदलिने बताए ।


कार्यक्रमका अध्यक्ष तथा विद्यालयका संस्थापक प्रिन्सिपल किरण सापकोटाले छोराछोरीले बाबाआमाको आँखामा हेरर देखेको सपना पछ्याउने क्रममा उनीहरू कति दिनरात ननिदाउने हुन् हरेक क्षण मिहेनत गर्दा खेरी वा संघर्ष गर्दा मिहेनत र संर्घषबाट कति आनन्दित हुने हुन् त्यो हेर्न बाँकी रहेको सुनाए ।

Advertisement


विद्यालयका सह–प्राचार्य प्रदीप खनालले सञ्चालन गरेको कार्यक्रमा कक्षा दशको तेस्रौ त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा वितरणसमेत भएको विद्यालयका नेपाली विभागका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया