पुछारसिटेमा वसन्तका कविता

पोखरा ।
पुछारसिटे अभियानले फरक तवरले माघे संक्रान्ति मनाएको छ । अभियानले डा. वसन्त गौतमलाई एकलवाचनमा उभ्याएको हो । साहित्यकार एवं साहित्यप्रेमीहरुले सोमबार चिउरा, तरुल, सखरखण्ड, खुदो, घिउ, चाकु, तिलको लड्डुसँगै गौतमका रोज्जा कविता सुनेका हुन् ।
अभियानका संयोजक सञ्जीव पौडेलले ‘घिउ, चाकु र तरुलसँग कविता’ अन्तर्गत पुछारसिटमा वसन्त कार्यक्रम सुरुआत गरे । अभियानले आयोजना गर्ने एकल कविता वाचनको यो आठौँ शृंखला हो । ‘सप्ताहन्तको साँझ’ शीर्षकको यो कविताबाट एकल कविता वाचन सुरु गरेका उनले बिचबिचमा आफ्नो जीवनयात्राका विविध मोड र घुम्ती सम्झे । सम्झँदा सम्झँदै उनले प्रेम सम्झे, यसरीः
तिमी छ्यौ
र त पवित्र मन्दिर लाग्छ
मलाई मेरो हरेक बास,
अहोभावले भरिएका छन्
मेरा प्रत्येक पलहरू
केही कविता वाचन गरिसकेपछि उनले कवि अल्पज्ञानीलाई आफ्नो एउटा कवितावाचन गरिदिन आग्रह गरे । डेढ दर्जन कविता सुनाएपछि गौतमले कवि तीर्थ श्रेष्ठलाई शुभकामना मन्तव्य राखिदिन अनुरोध गरे । कवि गौतमले समाज, देश सम्झे, राजनीतिक विसंगतिमाथि प्रहार गरे । नेपालमा वैदेशिक हस्तक्षेप बढेकोमा बिम्बमार्फत् व्यंग्य कसे ।
२०७४ मा स्थापना भएको संस्थाले साहित्य, शिक्षा र पर्यटनका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । संस्थाले हरेक असार १५ मा दही चिउरासँग कविता र माघ १ का घिउ, चाकु र तरुलसँग कविता गरी २ एकल कवितावाचन नियमित आयोजना गर्दै आएको छ । यसभन्दा अगाडि प्रकट पंगेनी ‘शिव’, अल्पज्ञानी, अर्जुन ढकाल, लक्ष्मण थापा, अमृत क्षेत्री, सरस्वती श्रेष्ठ ‘सरू’, इन्द्र राना ‘प्रतीक’ यस मञ्चमा उभिइसकेका छन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया