जनसेवी सहकारीको सभा

पोखरा ।
जनसेवी बचत तथा ऋण सहकारी संस्था पोखरा ८ सिर्जनाचोकको साधारण सभा तथा दोस्रो अधिवेशन भएको छ ।
अधिवेशनले अध्यक्ष तीर्थ शर्मा ढकालको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समिति उपाध्यक्षमा गीता चापागाई, सचिव भीमराज पण्डित, सहसचिव गोपालप्रसाद शर्मा र कोषाध्यक्षमा बाबुराम अधिकारी निर्विरोध भएको निर्वाचन समितिका संयोजक युवराज ढकालले जानकारी दिए ।
सञ्चालकमा किशोरराज ढकाल र श्रीकला शाही छन् । लेखा तथा सुपरीपेक्षण समितिको संयोजकमा गुमानबहादुर थापा र सदस्यमा सुश्मिता केसी, सम्झना क्षत्री छन् ।
आँधीखोला गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष नवीन ढकालले उद्घाटन गरेको सभामा नेसनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रबन्धक केशवराज ढकाल, सहकारीका संस्थापक अध्यक्ष केशवप्रसाद ढकाल, सचिव धर्मदत्त आचार्य लगायतले बोलेका थिए ।
कार्यक्रममा ज्येष्ठ सदस्य मधुमाया सुवेदी, सेयर सदस्यहरु अर्जुन थापा, शारदा गौतम र सरस्वती घर्ती क्षत्रीलाई सम्मान गरिएको अध्यक्ष ढकालले जानकारी दिइन् ।







२ महिनापछि गण्डकी प्रदेशसभा बैठक आज बस्दै
राजनीतिक पाठशालाको सन्देश
‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’
जलनको पीडा रोकथामप्रतिको उदासिनता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया