पूर्व प्रहरीहरु संगठित हुँदै

लेखनाथ ।
आफ्नो जवानी अवस्थामा देश र जनताका लागि सेवा गरेर निवृत्त प्रहरीहरु संगठित हुँदै सामाजिक क्षेत्रमा क्रियाशील हुने भएका छन् । जागिरे जीवनमा संगालेका अनुभवको प्रयोग गरी सामाजिक क्षेत्रमा क्रियाशील हुने उद्देश्यका साथ स्थापना भएको नेपाल पूर्व प्रहरी संगठन इकाई समिति लेखनाथ गठन गरिएको छ ।
यसैबिच ईकाइ समितिले छैटौं साधारण सभा तथा दोस्रो अधिवेशन गरी कृष्णप्रसाद तिमिल्सेनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । आगामी ३ वर्षीय कार्यकालका लागि गठन भएको समितिको उपाध्यक्षमा यमबहादुर रानाभाट, सचिवमा युद्धवीर खड्का, कोषाध्यक्षमा नगेन्द्रराज त्रिपाठीलाई चयन गरेको हो ।
समितिको सदस्यका बासुदेव पण्डित,भीमराज रानाभाट, विष्णु भण्डारी, तेजप्रसाद गौतम, शुक्रराज अधिकारी, लक्ष्मी अधिकारी, मेघनाथ सुवेदी र सूर्यप्रसाद तिमिल्सेना छन् । समितिको सल्लाहकारमा मिलन बस्नेत, उत्तम प्रकाश बराल, पूर्ण भुजेल, शिवजी तिवारी, डिलबहादुर नेपाली, रमोराज त्रिपाठी, खेमराज त्रिपाठी र सोमलाल श्रेष्ठलाई चयन गरेको हो ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै नेपाल पुर्व प्रहरी संगठनका केन्द्रीय उपाध्यक्ष एकनारायण शर्माले जागिरे जीवनपछिको समयलाई समाज सेवामा समाहित गर्दै देश र जनताका लागि मार्गनिर्देशक भएर अगाडि बढ्न आग्रह गरेका थिए । संगठनका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठन कास्कीका अध्यक्ष धर्म पौडेल, लेखनाथ उद्योग वाणिज्य संधकी महासचिव जानुका अधिकारी, प्रहरी परिवार महिला संधकी केन्द्रीय सदस्य शान्ति अधिकारी लगायतले जागिरे जीवनमादेश र जनताका लागि सहयोग गरिएजसरी नै सेवा गर्नुपर्नेमा जोड दिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया